काठमाडौं : सरकारले चैत ११ गतेयता जारी लकडाउन खुकुलो बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार बिहीबारदेखि नै खुला गर्न दिने…
एसइई परीक्षा नगर्ने निर्णय
काठमाडौँ : आजको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले…
चरित्रमा प्रश्न उठाएपछि हत्या गरें : आरोपी
रुपन्देही : रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएका छन् । हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी…
सरिता गिरीमाथि नैतिक संकट, संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने
काठमाडौं : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई उनले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। बुधबार पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति सार्वजनिक गर्दै संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। विज्ञप्तिमा गिरीले उक्त प्रस्ताव फिर्ता नलिए…
थप २७९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या चार हजार तीन सय ६४ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो । मंगलबार…
कोरोना भाइरसबाट विश्वमा ४ लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाखभन्दा बढी संक्रमित
जेनेभा : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस…
अहिले खर्च होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति…
राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा उहाँले सभामा…
जुम्लाका १८ जना कोरोना जितेर घर फर्किए
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार…
कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल
राँझा : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न…
संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित
काठमाडौं : प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। संविधान संशोधन प्रस्तावमाथि…
सीमा विवादमा सेना परिचालन आवश्यक छैन : उपप्रम पोखरेल
काठमाडौँ : उप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेलले अहिले देखिएको सीमासम्बन्धी विवाद दुई पक्षबीच संवादका माध्यमबाट समाधान गरिने दृढता व्यक्त गर्नुभएको छ । आर्थिक वर्ष २०७७÷७८ को बजेटमा रक्षा मन्त्रालय र मातहतका निकायमा विनियोजित बजेट र कार्यक्रमबारे प्रतिनिधिसभामा उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले…
मंगलबार थप ३२३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या चार हजार नाघ्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो। मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला…
चितवनमा कोरोनाबाट एक व्यक्तिको मृत्यु
चितवन : नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका…
गण्डकी प्रदेशका थप २४ जनालाई कोरोना, संक्रमित १४४ पुगे
काठमाडौं : गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता…
अहिलेसम्म दुई लाख ५७ हजार ९६२ जनाको कोरोना परीक्षण
काठमाडौँ : सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ । यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ । पिसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण…
रुकुम घटना छानबिन गर्न संसदीय समिति
काठमाडौँ : सङ्घीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १० गते भएको सोती घटनाको सत्यतथ्य छानबिनका…
