विशेष Archives | Page 206 of 241 | नेपालमाला

 

प्रदेश १ मा ३० जनाले जिते कोरोना

विराटनगर : प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर फर्केका सामाजिक…

कोरोनाविरुद्ध नेपालको खोपमा डब्ल्युएचओको चासो    

हेटौँडा : विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार…

 बालुवाटारमा मन्त्रिपरिषद् बैठक : ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ अनुसार विपद् अवस्था घोषणा गर्नका लागि मन्त्रिपरिषद्बाट अनुमोदन गर्ने तयारी छ । मन्त्रालयका…

एकै दिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुग्यो

कोरोनाबाट मर्नेको संख्या पनि १० पुगेको छ काठमाडौं : बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६…

विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था

भक्तपुर :  विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ । जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई नगरभित्रका सुविधासम्पन्न होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वारेन्टिनको…

सहाराविहीन आमाहरूलाई न राहत न त सामाजिक सुरक्षाभत्ता

सप्तरी : सप्तरीको बलानबिहुल गाउँपालिका–३ मौवाहाकी ६० वर्षीया मूर्तिदेवी दास तत्माले आफ्नो एकमात्र छोरालाई बुढेसकालको सहारा ठान्नुभएको थियो । जवानीमै सिन्दुर पुछिएपछि निकै दुःखले हुर्काएको छोराबाट मूर्तिदेवीलाई ठूलो आशा पनि थियो । तर पहिले हरेक विषयमा आमामा निर्भर हुने छोरा…

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु

जेनेभा : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली…

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र…

आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सहज तुल्याउन सुझाव

काठमाडौँ : भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको सो छलफलमा कोरोना सङ्क्रमित दुई हजार नाघेका…

छ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौँ : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती…

प्रदेश नं २ मा ८५९ कोरोना सङ्क्रमित

जनकपुरधाम : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव…

थप २०१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं : बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। मंगलबार मात्र २८८ जनाका…

कर तिर्ने म्याद असार १५ सम्म थपियो

काठमाडौं : सरकारले करदातालाई कर तिर्न दिएको म्याद थप गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै असारको १५ गतेसम्म कर बुझाउन भनेको छ। मंगलबार विभागले जेठसम्म कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि करदाताले विरोध गरेका थिए। सरकारले लकडाउन नखुलाएपछि कर तिर्न…

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित २७८

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप १६ नयाँ सङ्क्रमित पहिचान भएका हुन् । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका…

मनाङ प्रवेशमा रोक

मनाङ :  कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ…

लक डाउन बढाउ ! (कविता)

–मदन बस्नेत सुनसान देखिने सडकहरू बाक्लिन थालिसके । चकमन्न रहने चोकहरु कोलाहल मच्चाउन भ्याइसके । फेसबुक र ट्विटरमा गाली गर्नेहरु शहर, बजार सबैतिर उत्रिसके । दिन छिप्पिदै जाँदा भीड झन बढ्दै गएको छ । दिउँसो तिम्रो विरोधमा जुलुस निस्कन्छ अनि,…

कोरोनासँगै बाँच्न सिकौं (कविता)

– रचना सिंह   पत्रु खाना नखाएर, ताजा स्वस्थ खान सिकौं कोरोनालाई हराउन, कोरोनासँगै बाँच्न सिकौं । केही हिडौं, अल्लि उफ्रौं, कसरतको रोपौं बीउ प्राणायामलाई जीवनमा, हामी थोरै समय दिऊँ । फूल बिरूवा, पशुपन्छी सबलाई हामी माया गरौं मान्छे झ्वाट्ट…