६ फुटबलरले सर्वोच्चबाट सफाइ पाए

काठमाडौं :  म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोप आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

सर्वोच्च अदालतले मंगलबार म्याच फिक्सिङको आरोपमा मुद्धा खेपिरहेका थापा सहित ६ जना फुटबरलाई सफाई दिएको हो ।

सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो ।

सर्वोच्चका अदालतका प्रवक्ता भद्रकाली पोखरेलले यसअघि बिशेष अदालतले गरेको निर्णयलाई सर्वोच्चले सदर गरेको जानकारी खेलपाटीलाई दिए ।

फैसलाको विस्तृत पूर्ण पाठ भने केही हप्तापछि मात्र आउनेछ ।

सर्वाेच्चकाे फैसलासंगै सागरसहित सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले कानुनी रुपमा राजयबिरुद्धकाे अपराधकाे मुद्धामा अन्तिम सफाइ पाएका छन् ।

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीको अनुशासन समितिले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरबाट आजीवन प्रतिबन्ध लगाईसकेको छ ।

यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो । तर, सरकारी पक्षले उक्त फैसलाविरुद्ध २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो ।

त्यसपछि कात्तिक २२ गते राज्यविरुद्धको अपराध गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

सन् २००८ देखि २०१२ सम्मका थुप्रै अन्तर्राष्ट्रिय, मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङमा संलग्न भएको आरोप उनीहरु माथि रहेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments