विशेष Archives | Page 203 of 241 | नेपालमाला

 

कार्यालय आजबाट सञ्चालन : दुई सिफ्टमा सेवा

काठमाडौँ : कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा…

रूकुम घटनामा ३४ जनाविरुद्ध मुद्दा

रूकुम : रूकुम पश्चिमको चौरजहारी-८ सोतीमा जेठ १० गते भएको घटनामा ३४ जना प्रतिवादी बनाइएका छन्। सरकारी वकिल कार्यालयले ती आरोपितविरुद्ध आजीवन कारावास माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। सोतीमा सामूहिक आक्रमण हुँदा ६ जना युवा मारिएका थिए। त्यसकारण…

बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

काठमाडौँ : बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी…

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं : आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज…

बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप

काठमाडौं : नेपाल बक्सिङ संघ विवादको भूमरीमा परेको लामो समय भइसकेको छ । चार वर्षअघि राम अवाले अध्यक्षमा निर्वाचित भएदेखि नै संघभित्र विवाद हुँदै आएको छ । अवालेले विधान विपरीत आफूखुसी काम गरेको र संघलाई पारिवारिक हिसावमा चलाएको भन्दै पदाधिकारीले…

आज बङ्गलादेशबाट अलपत्र नेपाली फर्काइँदै

काठमाडौँ : विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट…

उद्वारको नाममा भेदभाव : पैसा हुनेलाई ल्याउने, नहुनेलाई विदेशमै मर्न छोडिदिने ?

विदेशी भूमिमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले उद्वारको थालनी गरेको र विशेष चार्टर बिमानको ब्यवस्था गरेको समाचारले उत्साहित नेपाली कामदारहरूको हर्ष धेरै बेर टिक्न पाएन । पैसा तिर्नेहरुको उद्वार हुने र पैसा तिर्न नसक्नेहरुको नेपाल सरकारले उद्दार नगर्ने…

अमेरिकावासी नेपालीको सहयोगी मन : जन्मभूमिप्रति निरन्तर सहयोग

काठमाडौं : अहिले सिंगो विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश मुलुकमा लकडाउन गरिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । कोरोना भाइरसबाट विश्वभर चार लाख २८ हजारभन्दा बढीको ज्यान गइसकेको…

लिपुलेकसम्म फैलियो नेपालको भूगोल

काठमाडौँ : आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोलमा आजदेखि लिपुलेकसम्म फैलिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९…

थप २७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५३ सय ३५ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ..पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार २७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ सय पुगेको हो। मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको…

पारा खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरको सहयोग

काठमाडौं : नेपाली पारा राष्ट्रिय तेक्वान्दो खेलाडीलाई पूर्वप्रशिक्षक कल्याण कुँवरले आर्थिक सहयोग गरेका छन् । लकडाउनका कारण समस्यामा परेका पारा खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले आर्थिक सहयोग गरेका हुन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा शनिबार आयोजित कार्यक्रममा कुँवरले उपलब्ध गराएको सहयोग पारा…

एकै दिन चार सय ४८ मा कोरोना पुष्टि : संक्रमितको संख्या पाँच हजार नाघ्‍यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार चार सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो। मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५…

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १८८ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । संक्रमितहरु सबै पुरुष हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना…

खुकुलो भयो लकडाउन

काठमाडौँ :  सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो…

कुवेतबाट फर्किएका १०२ महिला भक्तपुरको होल्डिङ सेन्टरमा

भक्तपुर :  कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वैटको…

थप २५० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ‍‍४६ सय १४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको हो । बुधबार…

वाग्मतीमा सङ्क्रमित १४४, चारको मृत्यु

हेटौँडा :  वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन्…