थप ४५१ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या ६ हजार २११ पुग्यो

काठमाडौं : सोमबार एकै दिन ४५१  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६  हजार २११ पुगेको हो।

आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ।  पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६  र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३  हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा  रहेका छन्। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन्।

यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले  गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७  जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको १ हजार ४१ पुगेको छ। जसमध्ये ९३७ पुरुष र १०२ महिला छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments