सिन्धुपाल्चोक : पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो…
काठमाडौं उपत्यकामा ९३४ जनामा कोरोना पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्र तीन सय ७ महिला र ४४० पुरुष गरेर ७४७ जनामा…
पछिल्लो २४ घण्टामा १५१३ जनालाई कोरोना पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। २० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा…
बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु
राँझा : बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय…
कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री…
पछिल्लो २४ घण्टामा १३ सय ५१ जनालाई कोरोना
काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। १९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत…
विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए
काठमाडौँ : कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका…
आइतबार थप १ हजार ५७३ जनामा कोरोना पुष्टि
काठमाडौं : आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार…
कोरोना सङ्क्रमित सैनिकको मृत्यु
काठमाडौँ : नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निज जवानलाई यही…
कोरोनाको ग्राफ घटेन, शनिबार १२०७ जना संक्रमित थपिए
काठमाडौं : मुलुकभर निषेधाज्ञा खुकुलो भएपछि बढेको कोरोनाको ग्राफ अझै घटेको छैन । शनिबार पनि थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका…
कोरोनाबाट तीन करोड २७ लाख बढी संक्रमित, ९ लाख ९३ हजारको मृत्यु
पेरिस : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २७ लाख ८३ हजार पुगेका छ ।…
अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए
काठमाडौँ : कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र९सिसीएमसी० का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा…
कोरोनाबाट एक पुरुषको मृत्यु
चितवन : जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र…
कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, शुक्रबार १३ सय १३ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। त्यसैगरी २४ घण्टामा १४ सय ५५ जनाले कोरोना…
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछ : चिनियाँ कम्पनी
बेइजिङ : एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ । सिनोभ्याकका प्रमुख कार्यकारी…
नेपाली बक्सिङका ऐजेरु : श्याम अवाले
काठमाडौं : नेपाल बक्सिङ संघ लामो समयदेखि विवादको घेरामा पर्नुको मुख्य कारण र पात्र हुन्, श्याम अवाले । उनको महत्वकांक्षा र व्यक्तिगत स्वार्थका कारण नेपाली बक्सिङ विवादको भुमरीमा परिरहेको छ । अध्यक्ष राम अवालेको नेतृत्व असक्षमताको फाइदा उठाउँदै श्याम निरन्तर…
बाँकेमा कोरोनाबाट थप एकको मृत्यु
राँझा : बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको…
