काठमाडौँ : सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न÷गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज सोसम्बन्धी परमादेश जारी गरेको हो ।…
विश्वभर तीन करोड ४२ लाख कोरोना संक्रमित
पेरिस : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार ६८० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४२ लाख १२ हजार ३८१ पुगेको छ…
डा. केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह
काठमाडौँ : सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा डा केसीले विगतदेखि उठाउँदै आएका धेरै…
चितवनमा कोरानाबाट पुरुषको मृत्यु
भरतपुर : चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका…
काठमाडौं जिल्लामा मात्र ८१७ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २२७ महिला र ५४५ पुरुष गरेर ८१७ जनामा संक्रमण पुष्टि भएको छ। यो काठमाडौंको अहिलेसम्मकै उच्च संक्रमण हो। त्यसैगरी ललितपुरमा ३० महिला र ३८ पुरुष गरेर ६८ र भक्तपुरमा २६ महिला र ३२…
पछिल्लो २४ घण्टामा एक हजार ९११ जनामा कोरोना पुष्टि
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षणका क्रममा उक्त सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…
विश्वका तीन करोड ३९ लाखलाई कोरोना
पेरिस : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख छ । कूल संक्रमितमध्ये दुई…
पछिल्लो २४ घण्टामा १५ सय ५९ संक्रमित थपिए, एक हजार ५७ डिस्चार्ज
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टामा एक हजार…
तातोपानी नाका असोज १९ देखि खुल्दै
सिन्धुपाल्चोक : पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो…
काठमाडौं उपत्यकामा ९३४ जनामा कोरोना पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्र तीन सय ७ महिला र ४४० पुरुष गरेर ७४७ जनामा…
पछिल्लो २४ घण्टामा १५१३ जनालाई कोरोना पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। २० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा…
बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु
राँझा : बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय…
कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री…
पछिल्लो २४ घण्टामा १३ सय ५१ जनालाई कोरोना
काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। १९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत…
विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए
काठमाडौँ : कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका…
आइतबार थप १ हजार ५७३ जनामा कोरोना पुष्टि
काठमाडौं : आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार…
कोरोना सङ्क्रमित सैनिकको मृत्यु
काठमाडौँ : नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निज जवानलाई यही…
