पछिल्लो २४ घण्टामा १५१३ जनालाई कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्।

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन्। त्यस्तै १० जनाले ज्यान गुमाएका छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments