काठमाडौं : आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ।
यस्तै मन्त्रालयका अनुसार २२५ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

नेपालमाला
