कोरोनाबाट एक पुरुषको मृत्यु

चितवन : जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।

उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघनकक्षमा राखी उपचार हुँदाहुँदै आएको थियो ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments