विशेष Archives | Page 157 of 242 | नेपालमाला

 

गणेशमान सिंह बक्सिङ : आज सेमिफाइनलका खेल

काठमाडौं : वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । काठमाडौंको स्युचाटारमा जारी प्रतियोगितामा शुक्रबार १४ वटै तौल समूहको सेमिफाइनलका खेल सञ्चालन हुने आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ । प्रतियोगिताको…

मुस्कानलाई प्रतिष्ठित अमेरिकी आइडब्लूओसी अवार्ड

काठमाडौं : मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज ९आइडब्लूओसी० अवार्डबाट सम्मानित हुने भएकी छन्। उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि खेलेको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। धम्की र सामाजिक…

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ ।…

ओहोदा बिर्सिएका शिक्षामन्त्री

काठमाडौं : नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेस्रो दीक्षान्त समारोहमा दिएको मन्तव्य अहिले खुबै चर्चामा छ । दीक्षान्त समारोहका मुख्य वक्ता रहेका शिक्षामन्त्रीले देशको शैक्षिक अवस्था, विद्यार्थीहरूको भविष्य, पठन पूरा गरेका विद्यार्थीहरूलाई…

गणेशमान सिंह बक्सिङको भव्य उद्घाटन : तेजीमाया र जानुका क्वार्टरफाइनलमा

काठमाडौं : प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले…

सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानबाट औपचारिक वार्ता भएको थियो। वार्तापश्चात सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिए। उनले ट्वीटमार्फत…

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

बैतडी :  प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पु¥याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको…

गणेशमान सिंह बक्सिङ : सनिल क्वार्टरफाइनलमा

काठमाडौं : ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण…

‘बादल’ र ‘प्रकाण्ड’को नेतृत्वमा सरकार-विप्लव वार्ता

काठमाडौं : सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्ने भएको छ । मंगलबार सरकारले वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहलेसमेत वार्ता टोली बनाएको हो । दुवै पक्षले वार्ता टोली गठन गरेपछि सरकार र विप्लव समूहको वार्ता निश्चित भएको हो…

कोभिसिल्ड खोप : तीन सातासम्म कोराना संक्रमणको जोखिम

काठमाडौं ‍: सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ। कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ…

कसरी टुंगिएला नेकपा विवाद ?

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव…

मल आपूर्ति तथा वितरक संस्था तोकियो

काठमाडौँ : नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिनुभएको हो । बैठकले…

‘ममाथि शारीरिक आक्रमण हुनसक्छ’ : प्रधानमन्त्री

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । र यदी आफूमाथि शारीरिक हमला भएर ज्यान तलमाथि पर्‍यो भने पनि अनौठो नमान्न सबैलाई आग्रह गरे । तर आफ्नो पार्टी र आन्दोलन अन्त्य नहुने उनको…

गणेशमान सिंह बक्सिङ सुरु : औपचारिक उद्घाटन बुधबार

काठमाडौं : वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे । ५६ केजीमा…

गणेशमान सिंह बक्सिङ सोमबारदेखि

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण…

प्रचण्ड समूहको संसदीय दलले वैधता पाउन कठिन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलले वैधता पाउन नसक्ने देखिएको छ। राजनीतिक रूपमा दल भनिए पनि प्रचण्ड नेतृत्वको नेकपाले कानुनी रूपमा दलको मान्यता नपाएको अवस्थामा संसदीय दलले वैधता नपाउने देखिएको हो। ‘राजनीतिक दलसम्बन्धी ऐन…

तेक्वान्दोको पुम्से सेमिनार तथा अभिमुखीकरण

काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा दोश्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । पुम्सेतर्फ दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए…