प्रचण्ड समूहको संसदीय दलले वैधता पाउन कठिन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलले वैधता पाउन नसक्ने देखिएको छ। राजनीतिक रूपमा दल भनिए पनि प्रचण्ड नेतृत्वको नेकपाले कानुनी रूपमा दलको मान्यता नपाएको अवस्थामा संसदीय दलले वैधता नपाउने देखिएको हो। ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३’ अनुसार संसदीय दल गठन गर्न दलको मान्यताप्राप्त राजनीतिक दलले सङ्घीय संसदको निर्वाचन कम्तीमा दुई ठाउँबाट जित्नुपर्ने पनि हुन्छ।

प्रचण्ड समूहसँग ऐनमा तोकिएभन्दा बढी निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद् त छन्, तर दलको मान्यता प्रचण्ड समूहको नेकपाले नपाइरहँदा समस्या देखिएको हो।

कानुनी रूपमा दलको मान्यता नभएपछि प्रचण्ड नेतृत्वको नेकपाले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक छनोट गरेपनि वैधता नपाउने अवस्था छ।

ऐनमा सङ्घीय संसदको सचिवालयमा सङ््घीय संसदीय दल गठनका लागि दलको नाम, केन्द्रीय कार्यालय, दलको विधान, नियमावली, संसदीय दलको छुट्टै विधान भए त्यसको एकप्रति र निर्वाचित भएका जनप्रतिनिधिहरूको सङ्ख्या र नाम उल्लेख गरेर बुझाउनुपर्छ। यही प्रक्रियामा पनि प्रचण्ड समूहलाई सकस परेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments