विशेष Archives | Page 154 of 241 | नेपालमाला

 

यसरी मनाइँदैछ सेना दिवस : टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह

काठमाडौँ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख…

अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार

काठमाडौं : नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ । सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए…

कस्तो बन्ला अबको सत्ता समीकरण ?

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गरिदिएसँगै राजनीतिक दलहरूले नयाँ सत्ता समीकरणको गृहकार्य थालेका छन्। केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनसहित बहुमतको प्रधानमन्त्रीका रूपमा छन्। तर, माओवादी केन्द्रको मंगलबार बसेको बैठकले विश्वासको मत फिर्ता लिने वा नलिने भन्ने विषयमा…

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : पुनःस्थापित संसदको दोस्रो बैठक बुधबार बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर…

भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश

बैतडी :  किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप…

बैंकिङ घोटालामा १३६ विरुद्ध मुद्दा दायर

काठमाडौ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा…

धुम्बाराहीमा एमालेको बोर्ड

काठमाडौं : सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको…

४ सन्तानसहित आमा कर्णालीमा हाम फालिन्

दैलेख : सोमबार दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेको आशंका प्रहरीले गरेको छ। तीमध्ये सोमबार दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक…

४० वर्षपछि जिरेल समुदायले मनाए ‘चेन पूजा’

– मोहन कार्की/काठमाडौं झण्डै लोप हुनलागेको जिरेल समुदायको धार्मिक तथा सांस्कृतिक ‘चेन पूजा’ ४० वर्षपछि यो वर्ष सम्पन्न भएको छ । ऐतिहासिक संस्कृति झल्काउने जिरेल समुदायको यो पूजा फागुन पूर्णिमाका दिन पर्ने गर्दछ । विगतमा निरन्तर रुपमा मनाउँदै आए पनि…

माधव नेपाल एमालेमै, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

काठमाडौं : नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र…

एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्ने आँट कसैको छ ? : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुन: स्थापना भएपछि आफूले मुद्दा हारे पनि अदालतको आदेशलाई मान्ने बताएका छन्। उनले संसदमा देशका समस्या समाधान कसरी गर्ने त्यसमा छलफल गर्नुपर्ने धारणा राखे। प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसद् बैठकको पहिलो दिन नै पुनःस्थापनाको माग…

राम अवाले मार्काको दौडधूप : हिस्स बुढी खिस्स दाँत !

काठमाडौं : नागार्जुन नगरपालिकाको स्युचाटारमा वीर गणेशमान सिंह बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आयोजनाको घोषणा भएदेखि नै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उनी मार्काका केही व्यक्तिहरुको दौडधूप सुरु भयो । नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजना र नागार्जुन नगरपालिकाको विशेष…

अन्तर्राष्ट्रिय नारी दिवस : पुरुषसँग समान काम, ज्याला भने आधा कम

गलेश्वर :  “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।” म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भन्नुभयो, “समानता त…

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका…

अदालतको फैसला मान्छौँ  : प्रम ओली

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता…

सर्वोच्चले ब्यूँतायो एमाले र माओवादी केन्द्र

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् । सर्वोच्च अदालतले पूर्ववत पार्टी कायम रहने गरी कट्टेलको पार्टीलाई मन्यता दिएपछि पुष्पकमल दाहाल…

संसदको सातौं अधिवेशन आइतबार बस्दै

काठमाडौं : प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारदेखि शुुरु हुुँदैछ । संसद बैठक अपराह्न चार बजे बस्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर सर्वोच्च अदालतले फागुन ११ गते…