काठमाडौं : ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी० लाई अदालतले छाड्न आदेश दिएको छ ।
उनलाई कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले रिहा गर्न आदेश दिएको हो ।
यसअघि उच्च अदालतले दार्जिलिङ अदालतको मिसिल मगाउन आदेश दिए पनि दीपकका वकिल हिरक सिन्हाले यसअघि नै त्यो मिसिल पेश गरिसकेको जानकारी दिएका थिए ।
त्यसपछि बुधबार साँझ दीपकलाई रिहा गर्ने आदेश दिएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी सतीश थापाले अनलाइनखबरलाई जानकारी दिए ।

नेपालमाला
