काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज विपक्षीका तर्फबाट बहस जारी छ । निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले आज बहस गरिरहेका छन् ।
उनले संविधानको धारा ७६(५)लाई अन्य धारासँग जोडेर बहस जारी राखेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गर्दै भने, “संविधानका सबै धारा उपधारा स्वतन्त्र छन् । उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ ?”
राणाले उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् ? भन्दै अर्को प्रश्न गरेका थिए ।
“उपस्थितिलाई कसरी हेर्ने भन्ने कुरा पनि आएको छ । देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ?,” उनको तेस्रो प्रश्न थियो ।

नेपालमाला
