विशेष Archives | Page 128 of 241 | नेपालमाला

 

युरोकप फुटबल : सेमिफाइनल समीकरण पूरा

रोम : युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम दुई क्वार्टरफाइनल खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ र इङ्ल्यान्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै…

शनिबार २३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको…

हस्ताक्षर फिर्ता हुन्न, एकता टुंग्याउन कार्यदल सक्रिय बनाऔं : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् । शनिबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श बिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् । टेलिफोन…

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी…

कांग्रेसको क्रियाशील सदस्‍यता विवाद टुंगियो

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकमा देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटेको छ । कांग्रेसको क्रियाशील सदस्यको…

शुक्रबार २२ सय ९९ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा २२ सय ९९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा परीक्षण गराएका १० हजार ५९६ नमूनामा २२ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ। ६५ सय ६६…

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । दशौं राष्ट्रिय मशुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई दुई दिनभित्र…

ओली पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार बहस

काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानुन व्यवसायीको बहस शुक्रबार सकिएको छ । सरकारी पक्षबाट गत सोमबारबाट बहस सुरु भएको थियो। महान्यायाधिवक्ता रमेश बडालले सोही दिन सरकारी पक्षको बहस सुरु गरेका थिए। बहसका लागि सरकारी पक्षलाई १५ घण्टाको…

बाढी पहिरोबाट ३२ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं : जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा…

टोकियो ओलम्पिक : एउटाको तयारी अर्कोले खेल्ने !

काठमाडौं : यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ । उनीहरु लामो समयदेखि ओलम्पिकको तयारीमा व्यस्त छन् । तर, बिहीबार एक्कासी एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीको स्थानमा अर्की एथलेटिक्स खेलाडी सरस्वती चौधरीले ओलम्पिक…

कोरोना जित्नेको संख्या ६ लाख नाघ्यो

काठमाडौं : १० हजार ९८५ नमूना परीक्षणमा २७ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा परीक्षण गराएका १० हजार ९८५ नमूनामा २७ सय ६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। यस्तै पछिल्लो २४…

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा : कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक सुवास…

देउवाको हकमा दलको पनि समर्थन छ, यो कसरी गल्ती भयो ? : प्रधानन्यायाधीश राणा

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज विपक्षीका तर्फबाट बहस जारी छ । निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले आज बहस गरिरहेका छन् । उनले संविधानको धारा ७६(५)लाई अन्य धारासँग जोडेर बहस जारी राखेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गर्दै…

आज यी क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध

काठमाडौं : आज कमला, वाग्मतीलगायत नदीमा पानीको बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज बिहानको मापनानुसार नारायणीको सहायक…

भारी वर्षा शनिबारसम्मै कायम रहने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।…

ओलीको धम्कीबाट न्यायाधीश डराउने वाला छैनन् : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे । विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस…

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, बुधबार २८९२ संक्रमित

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण…