विशेष Archives | Page 123 of 241 | नेपालमाला

 

काठमाडौं उपत्यकामा अझै साढे सात हजार बढी सक्रिय संक्रमित

काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या सात हजार ६१९ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ५७४ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ११३…

एकै दिन ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा…

टोकियो ओलम्पिक: सोनिया पहिलो चरणमै पराजित

काठमाडौं : टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पनि पहिलो खेलमै पराजित भएकी छन् । शनिबार भएको महिला ४८ केजीमुनिको तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व…

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं : सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो ओलम्पिकअन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ओसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी…

टोकियो ओलम्पिकको भब्य शुभारम्भ

काठमाडौं : ३२औं गृष्मकालिन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए…

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण…

शुक्रबार २९ सय ७७ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…

सिंहलाई कारबाही गर्न उनकै जिल्लाका जनप्रतिनिधि र नेताहरुको माग

जनकपुरधाम : क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन् । अमरेशलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने घोषणा उनीहरुले गरेका…

बिहीबार २७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण…

बाटो बिराएका नेतालाई आममाफी

काठमाडौं : फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘…

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।…

भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीको र्‍याली

काठमाडौं : भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् ।व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ । र्‍यालीमा निस्किएका…

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई…

पछिल्लो २४ घन्टामा २८ सय ३८ जनामा कोरोना संक्रमण, ३० को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप २८ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १२ हजार ६१६ नमूना परीक्षणमा २८ सय ३८ जनामा संक्रमण देखिएको हो। ८७ सय १५ नमूनाको पीसीआर विधिबाट र ३९ सय १ नमूनाको एन्टिजेन विधिबाट…

देउवालाई अमरेशको राजीनामा पत्र

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् । क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशील सदस्यता विवादलाई…

फ्लोर क्रस गर्ने २२ सांसदले ओलीलाई भने अध्यक्ष छाड्नुस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन्…

कक्षा १२ को परीक्षा साउन ३१ मा

काठमाडौं : कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा सम्बन्धित…