काठमाडौं उपत्यकामा साढे आठ हजार बढी सक्रिय संक्रमित

काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या आठ हजार ६६९ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ९९५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ५४० र भक्तपुरमा एक हजार १३४ सक्रिय संक्रमित छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७७५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर तीन हजार १०६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१६ जना कोरोनामुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण २३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments