काठमाडौँ : नेकपा माओवादी केन्द्रबाट निष्कासित चार नेताहरुले सांसद पद जोगाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखिदिएको छ ।
यससँगै उक्त मुद्दाको सुनुवाइ अहिलेका लागि रोकिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त मुद्दा बिहीबार हेर्न नभ्याइनेमा पारेको हो ।
पूर्वमाओवादीका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वाहली गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
तत्कालिन नेकपामा छँदा मन्त्री बनेका उनीहरु एमाले र माओवादी केन्द्र अलग भएपछि पनि एमालेमै बसेर मन्त्री पदमा थिए । तर सर्वोच्चको फैसलासँगै उनीहरुको मन्त्री र सांसद पद खारेज भएको हो ।

नेपालमाला
