काठमाडौँ : सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ ।
३ महिनापछि अवकाश पाउन लागेका शंकरदास बैरागीलाई अन्य कुनै पदमा व्यवस्थापन गर्ने गरी सरकारले अर्याललाई मुख्य सचिव बनाएको हो । अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए ।
हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो ।

नेपालमाला
