काठमाडौं : नेपाली कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने भएको छ । पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
मंसिर २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो, तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।
महासमिति बैठक गर्न समेत ढिला भइसकेकाले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी महासमिति बैठक गर्ने गरिएको एक पदाधिकारीले जानकारी दिए ।

नेपालमाला
