काठमाडौँ : ८० वर्षीय शेरबहादुर देउवाको नेतृत्व असान्दर्भिक भएको भन्दै महामन्त्री गगन थापाले विकल्प खोजेसँगै संसद्को ठूलो दल कांग्रेसमा उत्तराधिकारीको बहस सुरु भएको छ । २० महिनाअघि सम्पन्न १४ औं महाधिवेशनमा देउवासँगै प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले नेतृत्व परिवर्तनको विषयमा मौनता…
माओवादीमा बूढापाका नेता
काठमाडौँ : सशस्त्र द्वन्द्वका बेला र शान्ति प्रक्रियामा आइसकेपछि चुनावमार्फत पहिलो पार्टी बन्दै गर्दा युवा नेताहरूको बाहुल्य रहेको माओवादीमा अहिले ६० वर्ष उमेर पार गरेका नेताहरू धेरै देखिन्छन् । पार्टीका २१ पदाधिकारीमध्ये १७ जनाको उमेर ६० वर्ष नाघिसकेको छ । ७० वर्ष…
इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने
काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा…
नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का
काठमाडौं : सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो । हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले…
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
काठमाडौं : अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण…
मौसम तत्काल सुधार नहुने, गत १२ घण्टामा बर्दियामा सबैभन्दा धेरै वर्षा
काठमाडौं : मौसममा तत्काल उल्लेख्य सुधार नहुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । मौसमविद सन्जिव अधिकारीले भने, ‘मौसममा उल्लेख्य सुधार छैन…
विभूषण लिलामीमा राखेपछि सरकारले महावीरलाई गरायो सचेत
काठमाडौं : सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ । गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । मन्त्रालयले पठाएको पत्रमा…
बल्खु तरकारी बजारमा बाढी पस्यो
काठमाडौं : भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।…
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं : अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने…
काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका…
काठमाडौंको बसपार्क क्षेत्र पनि डुबानमा
काठमाडौं : काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ…
बनवारीलाल मित्तलको सम्झना
आठ वर्षपहिले बैकुण्ठवासी भएका बनवारीलाल मित्तलप्रति श्रद्धाञ्जलि अर्पण गर्न गत साता होटल सोल्टीको पुरानो मल्लाहार हलमा जुटेका भद्रजनको भव्य उपस्थितिले उनको लोकप्रियको कथा बताइरहेको थियो । अवसर थियो– बनवारीलाल मित्तल : एक प्रेरणा पुरुष शीर्षक ग्रन्थको लोकार्पण । मारवाडी समुदायका…
नेपालतिर सर्यो पानी पार्ने प्रणाली, तीन दिन मनसुन सक्रिय हुने
काठमाडौं : न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण छ । मौसमविद सन्जिब अधिकारीले अनलाइनखबरसँग भने, ‘नेपालको…
नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा : व्यक्ति हावी भएको आरोप
काठमाडौँ : थरुहट आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र सुदूरपश्चिम प्रदेशमा मन्त्री छनोटलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । मन्त्री बन्न नपाएपछि पार्टीको तेस्रो वरीयतामा रहेका केन्द्रीय उपाध्यक्ष लक्ष्मणकिशोर चौधरीले नेतृत्वप्रति आक्रोश पोखेका छन् । उनले पार्टीमा…
माओवादीमा प्रचण्डको उत्तराधिकारी खोजी
काठमाडौँ : माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी तयार नगरिएको भन्दै नेतृत्वको आलोचना भएको छ । तीन दशकभन्दा बढी पार्टी प्रमुख रहेका दाहालको कार्यशैलीको नेताहरूले खुलेर आलोचना गरेका छन् । चार दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि…
रास्वपाको ‘ब्लु बस’को रङ अनुमति नलिइ परिवर्तन
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको…
रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता
चितवन : ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन…
