विशेष Archives | Page 50 of 242 | नेपालमाला

 

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सोमबारपछि मौसम क्रमिक रुपमा सुधार हुने

 काठमाडौं : सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम-दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण…

सोमबारसम्मै भारी वर्षा हुने

 काठमाडौं : न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक)…

संसद अवरोध : संकल्प र सार्वजनिक महत्वका प्रस्ताव अलपत्र

काठमाडौं : संघीय संसद सचिवालयका अनुसार संसदको चालु अधिवेशनमा तीन वटा संकल्प प्रस्ताव र तीन वटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता भएका छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेका कारण यी प्रस्तावहरू अगाडि बढ्न सकेका छैनन् ।…

सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँध्यो : कांग्रेस सांसद

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन् । कांग्रेस सांसदहरूले सुन तस्करी…

राष्ट्रिय सभामा एमालेसँगै सत्ता पक्षका सांसदको अवरोध !

काठमाडौं : प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । जब राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजे तब एमालेका सांसदहरुले…

विद्युतीय चुल्होको प्रयोग बढ्यो

काठमाडौं : मुलुकभर विद्युतीय चुल्होको कारोबार बढेको छ । केही वर्ष अघिसम्म वर्षभर एक हजारको हाराहारीमा आयात हुने विद्युतीय चुल्होको संख्या पछिल्ला दिनहरुमा लाखमा पुगेको छ । तारे होटल र साना रेष्टुराँदेखि घरका भान्सामा इन्डक्सन र इन्फ्रारेड वैकल्पिक चुल्होको रुपमा…

देउवाको उत्तराधिकारी को ?

काठमाडौँ : ८० वर्षीय शेरबहादुर देउवाको नेतृत्व असान्दर्भिक भएको भन्दै महामन्त्री गगन थापाले विकल्प खोजेसँगै संसद्को ठूलो दल कांग्रेसमा उत्तराधिकारीको बहस सुरु भएको छ । २० महिनाअघि सम्पन्न १४ औं महाधिवेशनमा देउवासँगै प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले नेतृत्व परिवर्तनको विषयमा मौनता…

माओवादीमा बूढापाका नेता

काठमाडौँ : सशस्त्र द्वन्द्वका बेला र शान्ति प्रक्रियामा आइसकेपछि चुनावमार्फत पहिलो पार्टी बन्दै गर्दा युवा नेताहरूको बाहुल्य रहेको माओवादीमा अहिले ६० वर्ष उमेर पार गरेका नेताहरू धेरै देखिन्छन् । पार्टीका २१ पदाधिकारीमध्ये १७ जनाको उमेर ६० वर्ष नाघिसकेको छ । ७० वर्ष…

इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा…

नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का

काठमाडौं : सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो । हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले…

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

 काठमाडौं : अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण…

मौसम तत्काल सुधार नहुने, गत १२ घण्टामा बर्दियामा सबैभन्दा धेरै वर्षा

काठमाडौं : मौसममा तत्काल उल्लेख्य सुधार नहुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । मौसमविद सन्जिव अधिकारीले भने, ‘मौसममा उल्लेख्य सुधार छैन…

विभूषण लिलामीमा राखेपछि सरकारले महावीरलाई गरायो सचेत

काठमाडौं : सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ । गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । मन्त्रालयले पठाएको पत्रमा…

बल्खु तरकारी बजारमा बाढी पस्यो

काठमाडौं : भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।…

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं : अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने…

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका…

काठमाडौंको बसपार्क क्षेत्र पनि डुबानमा

 काठमाडौं : काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ…