काठमाडौं : आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले शनिबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडक व्यवसायीलाई पुनस्र्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी एक फुटपाथ व्यवसायीले आफूहरुलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने बताए । उनले व्यवसाय गर्ने वातावरण नहुँदासम्म प्रदर्शन गरिरहने पनि बताए ।

नेपालमाला
