विशेष Archives | Page 44 of 242 | नेपालमाला

 

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौं : भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि…

जाजरकोट भूकम्प अपडेट : रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु

रुकुम : जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई उदृत गर्दै पठाएका विवरणहरुका अनुसार हालसम्म यो संख्या पुष्टी भएको…

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट : गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु…

कोशीमा मन्त्रिपरिषद विस्तार : माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्री

विराटनगर : केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन ।…

नेपाल १० वर्षपछि टीट्वेन्टी विश्वकपमा

काठमाडौं : नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।…

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

काठमाडौं : सरकारले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगहरुमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको…

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं : सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक…

तेक्वान्दो संघद्वारा पलेशा सम्मानित

काठमाडौं : नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको   छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान…

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं : सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद बिहीबार…

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं : टीट्वेन्टी विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो । ओमानका लागि जिशान…

संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं : संसदको चालु अधिवेशन बिहीबार अन्त्य गर्ने तयारी गरिएको छ । बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ । संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने…

चिसो बढ्दा पनि रोकिएन डेंगु संक्रमण

काठमाडौं : चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण रोकिएको छैन । काठमाडौंका अस्पतालमा डेंगुका लक्षण लिएर उपचार गर्न जाने बिरामीको संख्यामा कमी नआएको चिकित्सकहरु बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक १५ देखि २०…

पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाइ दिएका छन् । प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा भेटी बधाइ दिएका हुन् । सोही…

टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट : नेपालको सुखद् सुरुवात

काठमाडौं : टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले सुखद् सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको…

यूएन महासचिवको भ्रमण तालिका : आज उच्चस्तरीय वार्ता, मंगलबार संसदमा सम्बोधन

काठमाडौं : संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भ्रमणको पहिलो दिन आज आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग…

कांग्रेसको चियापान शनिबार

काठमाडौं : नेपाली कांग्रेसले भोलि (शनिबार) चियापान गर्ने भएको छ। दसैं, तिहार तथा छठ पर्वको अवसरमा कांग्रेस पार्टी कार्यालयमा चियापान आयोजना गर्ने भएको हो। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरिएको बताए। उनका अनुसार शनिबार दिउँसो…

राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार नेपाल आउने

 काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्नेछन् । उनले १४ गते संघीय संसद बैठकलाई…