काठमाडौं : प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।…
भूकम्पबाट घाइते थप एक जनाको मृत्यु, मृतकको संख्या १५४ पुग्यो
सुर्खेत : जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश…
विदेश अध्ययनमा बाहिरिने रकम ८३ प्रतिशतले बढ्यो
काठमाडौँ : चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा मात्र वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा यो शीर्षकमा नेपालबाट बाहिरिएको रकम करिब ८३ प्रतिशतले…
अल्पकालीन संघर्षविराम गर्न इजरायल तयार : अमेरिका
काठमाडौं : इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मि उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि…
सन्दीप लामिछाने मुद्दा : दुबै पक्षका वकिलसँग बहस नोट माग
काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको…
एन्फा विशेष साधारणसभा : नेम्वाङको अध्यक्ष पद जोगियो
काठमाडौं : विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ । तर, आगामी दिनमा काम गर्न भने झन् कठिन हुने देखिएको छ । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएर ६ असार…
जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार जना प्रभावित
जाजरकोट : जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा…
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका दुई महामन्त्री
काठमाडौं : नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।…
पाथिभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा हाङवाङ
काठमाडौं : ताप्लेजुङको पाथिभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन्। पर्यटनमन्त्रीस्तरको कात्तिक २० गतेको निर्णयबाट हाङवाङ आगामी ४ वर्षका लागि कार्यकारी निर्देशमा नियुक्त भएका हुन्। पाथिभरा क्षेत्र विकास समिति गठन आदेश, २०५३ को दफा ६ मा…
कांग्रेसले बुझायो भूकम्प प्रभावितको राहतका लागि ५० लाख रुपैयाँको चेक
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप…
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
रूपन्देहीको मायादेवी गाउँपालिका–४ बनकसियास्थित सुण्डि मावि कक्षा–४ का विद्यार्थी रामलखन हरिजन आक्कलझुक्कल मात्रै विद्यालय पुग्छन्। हाजिरी रजिष्टर हेर्दा उनी दुई महिना (वैशाख र जेठ) मा ८ दिन मात्र कक्षामा उपस्थित रहेछन्। दैलोमै रहेको विद्यालय दुई महिनामा ३३ दिन खुल्दा उनी…
दिल्लीमा प्रदूषण उच्च भएपछि जोर–बिजोर लागू
काठमाडौं : भारतको नयाँदिल्ली सरकारले वायु प्रदूषणको स्तर बढ्दै गएपछि सवारी साधनहरुमा एक हप्तासम्म जोर–बिजोर लागु गर्ने निर्णय गरेको छ । यसैगरी कक्षा ६ देखि ११ सम्म भौतिक उपस्थितिमा पढाइ बन्द गरिएको छ । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले पत्रकार…
पारा तेक्वान्दो टोली सम्मानित
काठमाडौं : चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भएका हुन् । काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ,…
भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो
काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार विशेषगरी ११, १२,…
भूकम्पपीडितलाई प्रदान गर्न सरकारी कोषमा ५० लाख दिने कांग्रेसको घोषणा
काठमाडौं : नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाटपचास लाख दिने घोषणा गरेको जानकारी दिए। जारी विज्ञप्तिमा भनिएको छ,…
भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका अध्यक्ष भन्छन् : मानवीय क्षतिको जानकारी छैन, सग्ला घर देख्न मुस्किल छ
काठमाडौं : जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर-गोठहरु भत्किएका छन् ।…
सडक अवरुद्ध हुँदा जाजरकोटमा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ
जाजरकोट : सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए । उनका अनुसार…
