विशेष Archives | Page 43 of 242 | नेपालमाला

 

जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार जना प्रभावित

जाजरकोट : जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८०   हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा…

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका दुई महामन्त्री

काठमाडौं : नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।…

पाथिभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा हाङवाङ

काठमाडौं : ताप्लेजुङको पाथिभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन्। पर्यटनमन्त्रीस्तरको कात्तिक २० गतेको निर्णयबाट हाङवाङ आगामी ४ वर्षका लागि कार्यकारी निर्देशमा नियुक्त भएका हुन्। पाथिभरा क्षेत्र विकास समिति गठन आदेश, २०५३ को दफा ६ मा…

कांग्रेसले बुझायो भूकम्प प्रभावितको राहतका लागि ५० लाख रुपैयाँको चेक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप…

सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा

रूपन्देहीको मायादेवी गाउँपालिका–४ बनकसियास्थित सुण्डि मावि कक्षा–४ का विद्यार्थी रामलखन हरिजन आक्कलझुक्कल मात्रै विद्यालय पुग्छन्। हाजिरी रजिष्टर हेर्दा उनी दुई महिना (वैशाख र जेठ) मा ८ दिन मात्र कक्षामा उपस्थित रहेछन्। दैलोमै रहेको विद्यालय दुई महिनामा ३३ दिन खुल्दा उनी…

दिल्लीमा प्रदूषण उच्च भएपछि जोर–बिजोर लागू

काठमाडौं : भारतको नयाँदिल्ली सरकारले वायु प्रदूषणको स्तर बढ्दै गएपछि सवारी साधनहरुमा एक हप्तासम्म जोर–बिजोर लागु गर्ने निर्णय गरेको छ । यसैगरी कक्षा ६ देखि ११ सम्म भौतिक उपस्थितिमा पढाइ बन्द गरिएको छ । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले पत्रकार…

पारा तेक्वान्दो टोली सम्मानित

काठमाडौं : चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भएका हुन् । काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ,…

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार विशेषगरी ११, १२,…

भूकम्पपीडितलाई प्रदान गर्न सरकारी कोषमा ५० लाख दिने कांग्रेसको घोषणा

काठमाडौं : नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाटपचास लाख दिने घोषणा गरेको जानकारी दिए। जारी विज्ञप्तिमा भनिएको छ,…

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका अध्यक्ष भन्छन् : मानवीय क्षतिको जानकारी छैन, सग्ला घर देख्न मुस्किल छ

काठमाडौं : जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर-गोठहरु भत्किएका छन् ।…

सडक अवरुद्ध हुँदा जाजरकोटमा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ

जाजरकोट : सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए । उनका अनुसार…

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौं : भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि…

जाजरकोट भूकम्प अपडेट : रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु

रुकुम : जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई उदृत गर्दै पठाएका विवरणहरुका अनुसार हालसम्म यो संख्या पुष्टी भएको…

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट : गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु…

कोशीमा मन्त्रिपरिषद विस्तार : माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्री

विराटनगर : केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन ।…

नेपाल १० वर्षपछि टीट्वेन्टी विश्वकपमा

काठमाडौं : नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।…

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

काठमाडौं : सरकारले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगहरुमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको…