जाजरकोट : गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।
उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
जाजरकोट केन्द्रविन्दु भएर शनिबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर उनको मृत्यु भएको हो।

नेपालमाला
