विशेष Archives | Page 236 of 242 | नेपालमाला

 

एमसीसीमा सैन्य गतिविधि निषेध

काठमाडौं : अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)बाट सञ्चालन हुने परियोजनामा अमेरिकी कानुनले नै सैन्य मामिला निषेधित रहेको अमेरिकाले उल्लेख गरेको छ। एमसीसी परियोजनाका सम्बन्धमा आम जनमानसबाट प्रश्न उठेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसीमार्फत् अमेरिकाले गर्दै आएको सहयोगका सम्बन्धमा प्रष्ट्याएको…

कर्णालीमा हिमपात, जनजीवन कष्टकर 

सुर्खेत : कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको साताँै पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको…

नेपाली यातायातमा भियना मोडल

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली अस्ट्रियाको राजधानी भियनाको जस्तै बनाउने तयारी गरेको छ । नयाँ कानुन ल्याएर यातायात प्रणालीमा भियना मोडलको नक्कल गर्ने सरकारले तयारी गरेको छ । भियनाको यातायात पद्धति विश्वकै उत्कृष्ट नमूना मानिन्छ । पहिले…

ट्रम्पको महाभियोग प्रस्ताव सिनेटमा

वासिङ्टन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उहाँमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा…

पशुपतिमा पर्यटक आकर्षित गर्न सङ्गीत सन्ध्या   

काठमाडौ : नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ । माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गरेको…

विश्व फुटबलका प्रेरणादायी खेलाडी

टोकियो : ‘मानिसको आत्मविश्वाु र दृढतालाई उमेरले छेक्दैन’ भन्ने उखानलाई यथार्थमा परिणत गरेका छन्, जापानी फुटबलर काजुयोसी मिउराले । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर मिउरा अर्को महिना ५३औं वर्षमा प्रवेश गर्दैछन्। त्यसअघि नै मंगलबार जापानी लिग (जे लिग) क्लब योकोहामा एफसीले…

कृषि विकास बैंकका आठ अधिकारीविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखामा भएको रकम हिनामिना गर्नेविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले कृषि विकास बैंक न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका…

भाटभटेनीले तिरेन करोडौं राजश्व

काठमाडौं : सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको छ । राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गर्दै सर्वोच्चले सोमबार उक्त निर्णय सुनाएको हो । भाटभटेनीले मूल्य अभिवृद्धि कर छली र त्यसका आधारमा आयकर…

ह्यारी दम्पतिले उठाएको प्रश्न 

लण्डन : बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ । राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको…

निर्वाचन आचारसंहिता लागू

काठमाडौ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको…

प्रतिनिभिसभा बैठक स्थगन : सरकार गैरजिम्मेवार

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएकामा असहमति प्रकट गरेको छ । काँग्रेसले यस विषयलाई सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसद्प्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको आरोप लगाएको छ । काँग्रेसले आज…

आज पृथ्वीजयन्ती मनाइँदै 

काठमाडौ : नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो । सात…

म राजीनामा दिन्न् : तुम्बाहाङफे

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङफेले पार्टी निर्णय आफूलाई थाहा नभएको बताएकी छन्।  शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए लगत्तै उपसभामुख तुम्बाहाङफेले निर्णयबारे आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी हुन्। पार्टी सचिवालय बैठकले राजीनामा…

उपसभामुखलाई राजीनामा दिन निर्देशन

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि…

फागुन १४ मा स्ववियु निर्वाचन

काठमाडौ : त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी…

ह्यारी राजपरिवारबाट अलग

काठमाडौं : बेलायतकी महारानी एलिजाबेथका नाति राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने निर्णय गरेका छन् । उनीहरुले राजपरिवारबाट अलग्गिएर आफुलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने बताएका छन् । राजकुमार ह्यारी र मेगनले एक…

विद्युत् महसुल विवाद समाधान खोज्न उच्चस्तरीय समिति

काठमाडौ : नेपाल विद्युत् प्राधिकरण जसरी पनि उठाउने उद्योगी जसरी पनि नतिर्ने भन्ने विवादका बीचमा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । विद्युत्भार कटौतीको समयमा उद्योगी व्यवसायीले ट्रङ्क र डेडिकेटेड लाइनमार्फत लिएको…