कृषि विकास बैंकका आठ अधिकारीविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखामा भएको रकम हिनामिना गर्नेविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले कृषि विकास बैंक न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टसहित आठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले कृषि विकास बैंक, न्यूरोड शाखाकी  टेलर सहायक दिपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीसहितलाई प्रतिवादी मनाएर मुद्दा दायर गरेको छ।

शाखा प्रबन्धक ढुंगेल र कर्मचारी रेग्मीविरुद्ध ४ करोड २४ लाख १३ हजार विगो कायम गरिएको छ। उनीहरुकै  सरसल्लाह, सहमति र मिलेमतो गरी अनधिकृत रुपमा रकम हिनामिना भएको अख्तियार अनुसन्धानको ठहर छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments