विशेष Archives | Page 209 of 242 | नेपालमाला

 

भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

दाङ  : भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए।…

एकैदिन थपिए १६६ जना कोरोना संक्रमित,

काठमाडौं : पछिल्लो २४ घण्टामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी…

नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतीय मिडियामा हल्लीखल्ली

काठमाडौं :  सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ । कानुन, न्याय…

निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधयेक संसदमा प्रस्तुत

काठमाडौं : नेपालको संविधान दोस्रो संशोधन विध्ययेक संसदमा पेश भएको छ । सोमबारको संघीय संसदको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधनको विध्ययेक पेश गरेकी हुन् । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही…

समाजसेवा गर्दा छुट्टै आत्मसन्तुष्टि मिल्छ : दीलिप थापा

दीलिप थापा, नेपालको सामाजिक क्षेत्रका अग्रणी व्यक्ति हुन् । काठमाडौं बुद्धनगर निवासी थापा सामुदायिक सेवा समिति, बुद्धनगर टोल सुधार समिति र थर्ड आई स्पोर्ट्स क्लबलगायत विभिन्न संघसंस्थासँग आवद्ध भएर तथा व्यक्तिगत रुपमा पनि सामाजिक अभियानमा विगत लामो समयदेखि संलग्न रहँदै…

एकै दिन थप १७० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२ सय १२ पुग्यो

काठमाडौं : शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको…

आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताउनुभयो । गत वर्ष चालू…

कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

काठमाडौँ :  सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७÷ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न…

काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौँ :  प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज यहाँ पत्रकार सम्मेलन…

बिहीबार १५६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या एक हजार नाघ्यो

काठमाडौं : बिहीबार  थप एक सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको हो। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा…

प्रदेश नं २ मा सङ्क्रमित ४०० पुग्यो, बिहीबार थप ७६ जनामा सङ्क्रमण पुष्टि

महोत्तरी : प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो । गत मङ्गलबारसम्म यो…

अधिकार र कर्तव्यको सन्तुलनले गणतन्त्रलाई सार्थक तुल्याउँछ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ गणतन्त्र दिवसका अवसरमा सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन् । सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको उल्लेख गर्दै उनले सन्देशमा…

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

कोहलपुर : जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले…

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन : डा मीनेन्द्र रिजाल

नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ ।…

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत : पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन…

बुधबार थप ११४ नयाँ संक्रमित थपियो

काठमाडौँ : आज कूल ११४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष…

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु

कञ्चनपुर : क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो ।…