भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

दाङ  : भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए। दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी बैदवारले बताए। उनका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताए।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments