कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार ९६४  पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५  रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।

कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन्। मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments