घर बाहिर निस्कँदै हुनुहुन्छ ? माक्स लगाउन नभुल्नु होला नत्र प्रहरीको फन्दामा परिन्छ

काठमाडौं : तपाई घर बाहिर निस्कँदै हुनुहुन्छ । माक्स अवश्य लगाउनु होला । नत्र तपाईं प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने भएको छ।
कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएकाले आफू सुरक्षित रहन सरकारले आग्रह गरेको छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने र भयावहको अवस्था पनि आउन निम्तिन सक्ने भएकाले यस्तो निर्देशन दिएको जनाइएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments