विशेष Archives | Page 179 of 241 | नेपालमाला

 

पछिल्लो २४ घन्टामा २२ सय ५३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार २२ सय ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  जानकारी दिए। २२ हजार २१९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा…

कोरोनाबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

पेरिस  : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ…

कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

कर्णाली : पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा…

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

भरतपुर : चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । असोज १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड…

शनिबार २ हजार १ सय २० कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा दुई…

चाडपर्वसँगै अब गाउँघर सङ्क्रमणको जोखिममा   

काठमाडौँ : चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो । अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ,…

काठमाडौँमा करिब दश हजार सङ्क्रमित

काठमाडौँ : काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी…

कोरोना सङ्क्रमणबाट भक्तपुरमा एक पुरुषको मृत्यु

भादगाउँ : मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ । पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका…

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु

पेरिस  : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने…

सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्

काठमाडौँ : कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात…

गण्डकीमा १७ कोरोना सङ्क्रमित थपिए

गण्डकी : गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा कास्कीका…

कोरोनाले विश्वभर १० लाख २८ हजारको ज्यान लियो

पेरिस  : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ३६ हजार ४७ पुगेको छ…

प्रदेश १ मा १९७ थपिए, सुदूरपश्चिममा हालसम्म १७ को मृत्यु र कर्णालीमा तीन हजार ७२९ सङ्क्रमित पुगे

विराटनगर : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना सङ््क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्यामा यो हालसम्मकै उच्च हो । थपिएका सङ्क्रमितमा मोरङका १४६ मध्ये विराटनगरमा १२३ , सुनसरीमा २३, झापामा २१, तेह्रथुममा दुई र प्रदेश…

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

जोहन्सवर्ग : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उहाँ पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । उहाँहरुको छोटो चर्चा यहाँ…

अहिलेसम्मकै उच्‍च २७ सय २२ कोरोना संक्रमित थपिए

  काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी २७  सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२  हजार ४५० पुगेको छ।…

प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी प्रस्ताव

बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने प्रस्ताव सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेका…

बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा

काठमाडौँ  :  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको…