हेटौंडा : राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान…
कोरोनाबाट एकै दिन २४६ जनाको मृत्यु, ८,१७३ संक्रमित
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा…
आचारसंहिता विपरीत प्रधानमन्त्रीले बादललाई मागे मत
काठमाडौं : वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । नेकपा एमालेकै मतदाताहरुको मत विभाजन हुने देखिएपछि उनले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत…
भारतबाट तत्काल खोप पाउन असम्भव
काठमाडौं : नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ । भारतले यो वर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर आइरहेका बेला त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले एक…
भारी वर्षाको सम्भावना : दुई दिन देशभर सतर्कता अपनाउन आग्रह
काठमाडौं : अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात…
नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि
काठमाडौं : नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५…
पछिल्लो २४ घण्टामा ८२०३ संक्रमित थपिए, १९६ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २४ घण्टामा ६ हजार…
प्रधानमन्त्रीले पुनः शपथ लिनु नपर्ने
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको…
गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन डब्लुएचओको आग्रह
काठमाडौं : विश्व स्वास्थ्य संगठनले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप…
कोरोना नियन्त्रणको कार्ययोजना ७ दिनभित्र ल्याउन सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता जस्ता विषय सम्बोधन गरी…
कोरोनाबाट २१४ को मृत्यु, ९ हजार २४७ संक्रमित
काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ३१४ जनाकझ कोरोना भाइरस संक्रणबाट मृत्यु भएको पुष्टि गरेको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ। यस्तै पछिल्लो २४…
लकडाउनमा अनौठो निवेदन : सहवासका लागि पास चाहियो
नयाँदिल्ली : कोरोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको बेला नेपाल र छिमेकी मुलुक भारतमा समेत अधिकांश भागहरुमा लकडाउन भइरहेको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन् । अत्यावश्यक कामका लागि घरबाट निस्कनुपर्ने मानिसहरुका लागि…
काठमाडौंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि
काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६…
पछिल्लो २४ घण्टामा ७३६८ कोरोना संक्रमित थपिए, १४५ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा सात हजार ३६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५३९ को पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा सात हजार ३६८ जनामा…
काठमाडौंमा कहाँ-कहाँ लगाइँदैछ चिनियाँ खोपको दोस्रो डोज (सूची सहित)
काठमाडौं : काठमाडौं जिल्लामा आइतबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका…
पछिल्लो २४ घण्टामा ८१६७ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा १७ हजार ९७१ पीसीआर र…
नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई
काठमाडौं : काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्सलाई जित दिलाउन मेसौके…
