काठमाडौं : संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । आज तयारी सकिए आजै, नभए भोलि सर्वोच्च जाने…
कोरोनाको नयाँ भेरियन्ट : स्वास्थ्यमा सामान्य समस्या देखिनासाथ परीक्षण गर्न चिकित्सकको सुझाव
काठमाडौँ ः नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ अभियानले जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने रु…
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकान्त्रिक भएको बताएका छन्। शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। प्रतिनिधिसभा विघटन २०७७ फागुन ११ मा सर्वोच्च…
२४ घण्टामा ८८४८ ले जिते कोरोना : १२९ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार ८४८ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ८३ हजार ६८४ जना पुगेको छ। त्यसैगरी २४ घण्टामा १२९ जनाको कोरोनाले मृत्यु…
देउवाप्रति प्रधानमन्त्रीको कटाक्ष : राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता पनि रहेनछ !
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषाप्रति टिप्पणी गरेका छन्। शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवन पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले देउवाले विज्ञप्तिमा प्रयोग गरेको भाषाप्रति टिप्पणी गरेका हुन्। ओलीले राष्ट्रपतिलाई ‘तपाईं’ समेत भन्न हुँदैन…
ओलीको प्रतिगमनविरुद्ध सशक्त संघर्ष गर्ने पाँच दलको निर्णय, १४९ सांसदहरू सर्वोच्च जाने
काठमाडौं : संसद्मा रहेका पाँच दलले मध्यरातमा संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्। संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता…
संसद विघटनविरुद्ध कानुनी उपचार खोज्ने विपक्षीको तयारी
काठमाडौं : विपक्षी गठबन्धनले संसद् विघटन विरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन् । त्यसबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलका नेताहरुको संयुक्त बैठक शनिबार बस्दैछ । बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा संसद विघटनको निर्णय विरुद्ध चाल्ने…
मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा
काठमाडौं : मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७)…
२१ घन्टे समय सीमा सकियो, राष्ट्रपतिको कदम कस्तो होला ?
काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकारको दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार पाँच बजे सकिएको छ। राष्ट्रपतिले दिएको समयभित्र सरकार गठनका लागि प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धन दुवैतर्फबाट दाबी प्रस्तुत भएको छ। दुवै दाबी पत्रको अध्ययन गरेर…
कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु, ८६०७ संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २००…
१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको…
सहमति कायम गरौं, राष्ट्रिय सरकार बनाऔं : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय…
कोरोना महामारीविरुद्ध लड्न कुन देशले कति दिए सहयोग ?
काठमाडौं : कोरोना महामारी विरुद्ध लड्नका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको लागि गरेको अपीलको नतिजा देखिन थालेको छ । केही मुलुकले स्वास्थ्य सामग्रीहरू पठाइसकेका छन् भने केही मुलुकहरु पठाउने तयारीमा छन् । ओमानमा रहेका एनआरएनए र अन्य नेपालीले संयुक्त रूपमा…
प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न राष्ट्रपतिको २१ घण्टे समयसीमा
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्…
बिहीबार आठ हजार ३०५ जनामा कोरोना संक्रमण, १९० को मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा २२ हजार ८७ नमूनाको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गराउँदा ८३ सय ५ जनामा संक्रमण देखिएको छ। पीसीआरबाट २१ हजार ६९५ र एन्टिजेनबाट ३९२ नमूनाको परीक्षण गराउँदा ८३ सय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
हेटौंडा: निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र…
गैर सांसद सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
काठमाडौं : सर्वोच्च अदालतले गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ। बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो। संविधानको धारा ७८ अनुसार एक गैर सांसद…
