विशेष Archives | Page 136 of 242 | नेपालमाला

 

‘आवेशमा बोलें, आत्मालोचित छु’ : नरोत्तम बैद्य

काठमाडौं : वाग्मती प्रदेश सभामा नेपाली काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति…

इथियोपियामा अनिकाल, ३ लाख ४३ हजार जनसंख्या भोकमरीको मारमा

काठमाडौं : इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ । संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा…

अस्ट्रेलियासँग नेपालको सम्मानजनक हार

काठमाडौं : १० खेलाडीमा समेटिएको नेपालले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग सम्मानजनक हार बेहोरेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो ।…

पछिल्लो २४ घन्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण

काठमाडौं : १५ हजार १८२ वटा नमूना परीक्षण गराउँदा ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा  ९ हजार ५९८ नमूनाको पीसीआर र ५५ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गराउँदा ३ हजार ७५० जनामा संक्रमण देखिएको…

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

पोखरा : गण्डकी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको लागि आह्वान गरेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि शुक्रबार प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेश प्रमुख सिता पौडेलले  मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता…

जेष्ठ नागरिकको १४ हजार खोप गायब : पहुँचका भरमा अन्य उमेर समूहले लगाएको सरकारी दाबी

काठमाडौं : काठमाडौं जिल्लामा ६० देखि ६४ वर्षका नागरिकलाई जेठ २५ गतेदेखि दिन सुरु गरिएको खोप अभियान लक्षित संख्याले नपाउँदै स्थगित गरिएको छ। काठमाडौं महानगरपालिकाले बिहीबार साँझ एक सूचना जारी गर्दै सरकारले खोप उपलब्ध गराउन नसकेपछि अभियान अर्को सूचना जारी…

पछिल्लो २४ घण्टामा ३७४९ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा थप  ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना…

प्रधानमन्त्रीद्वारा फेरि मन्त्रिपरिषद् विस्तार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ…

गृहमा खगराज, सञ्चार नैनकला !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयमा खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मा दिने भएका छन् । उनले सात मन्त्रीको आजै ४ बजे शपथ गराउने तयारी गरेका छन् । गृह मन्त्रीमा अधिकारी, सञ्चारमन्त्रीमा बादलकी श्रीमतीसमेत रहेकी नैनकला थापालाई सञ्चार मन्त्रालयको…

नेपालमा भोलिबाट मनसुन सुरु हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) बाट नेपालमा यो वर्षको मनसुन सुरु हुने छ । पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो । ‘भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले…

संसद्‍ विघटनविरुद्धको मुद्दा : सवोच्चको कारण देखाउ आदेश

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाउ ओदश दिएको हो । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित विपक्षीको…

कोरोना भाइरसको तेस्रो लहर : कस्तो छ सरकारको तयारी ?

काठमाडौं : नेपालमा कोभिड–१९ संक्रमणको तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुन सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । पहिलो लहरको संक्रमणमा ८ प्रतिशतभन्दा कम संख्यामा बालबालिका संक्रमित भए पनि दोस्रो लहरमा यो संख्या बढेको…

असारदेखि ‘लुज डाउन’

काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (.कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ। गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे छ। समीक्षाको आधारमा असारदेखि कसरी अघि…

एमालेले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए । बैठकमा केपी शर्मा ओली…

नेपालको केही चलेन : जोर्डनसँग ३–० गोलले पराजित

काठमाडौं : नेपालले फिफा विश्वकप छनोट खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनसँग फराकिलो हार बेहोरेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको…

साढे चार हजार संक्रमित थपिए, करिब सात हजार निको भए

काठमाडौं : पछिल्लो केही सातायता कोरोना संक्रमितभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। २४ घन्टामा थप ६ हजार ९५१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ। स्वास्थ्य…

ओली आह्वानको अर्थ छैन : नेपाल समूह

काठमाडौं : प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ ।प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट…