काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जान लागेका हुन् । बाढी आएको २६ दिनपछि उनी प्रभावित क्षेत्रमा जान लागेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी–पहिरो प्रभावित क्षेत्रमा बताइएको छ ।
प्रधानमन्त्रीले बाढी–पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको उनका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
बाढी–पहिरोले तहसनहस बनेको मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा २६ दिनपछि मात्रै प्रधानमन्त्री जान लाग्नुलाई रहष्यका रुपमा हेरिएको छ । बाढी–पहिरोले बितण्डा मच्चाएको लामो समयसम्म टुलुटुल हेरेर बसिरहने प्रधानमन्त्रीले सिन्धुपाल्चोक नागरिकसँग कुन मुखले अन्तरक्रिया गर्लान् ? त्यहाँका एक स्थानीय प्रश्न गर्छन् ।

नेपालमाला
