काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् । देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।
महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई…
विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदै : यस्तो छ संसद्को अंकगणित
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत दिँदैछन् । विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेको संसद सचिवालयले जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद्…
एमाले सांसद भीम रावलले दिए राजीनामा
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर…
उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्री
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम…
शनिबार १८७५ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१६४ जना संक्रमणमुक्त भएका छन् भने २१…
१५ गतेभित्र ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । सरकारले हालै मात्र चिनियाँ कम्पनी…
कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । तर भदौ १६ देखि १९ गतेका लागि तय भएको केन्द्रीय महाधिवेशन भने नसर्ने नेताहरुले बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको…
साउन महिमा : यसकारण धार्मिक दृष्टिले सर्वोत्तम र पवित्र मानिन्छ
काठमाडौं : शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ ।…
प्रधानमन्त्री आज बालुवाटारको सरकारी निवासमा सर्दै
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । ‘आज साउने…
१४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यताको विवाद टुंगियो
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता लगभग टुंगो लगाएको छ । तर १० दिन थपिएको समय सकिँदा पनि २२ निर्वाचन क्षेत्रको विवाद भने मिलाउन बाँकी देखिएको छ । समिति प्रवक्ता प्रदीप पौडेलका अनुसार…
उपत्यकामा निषेधाज्ञा १० दिन थप, बेलुका ७ बजेसम्म पसल खोल्न पाइने
काठमाडौं : काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । निषेधाज्ञा थप गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै…
बिहीबार २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट…
प्रदेश सभामा एमाले सांसदको उपद्रो : सिंगल सिंगल आइज भन्दै टेबल बजारे !
पोखरा : बजेट पास गर्ने क्रममा बुधबार गण्डकी प्रदेशको प्रदेशसभामा सत्तारुढ र विपक्षी सांसदबीच घम्साघम्सी भएको छ । सत्तारुढ सांसदतिर लक्षित गर्दै टेबल बजारेका विपक्षी नेकपा एमालेको सांसदले ‘सिंगल सिंगल आइज’ समेत भन्न भ्याए । २९ जेठमा बनेको कृष्णचन्द्र नेपाली…
१० लाख धरौटी बुझाएर छुटे विजय गच्छदार
काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको…
बुधबार २९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४…
देउवा सरकारको पहिलो निर्णय : चैत मसान्तसम्म सबै नागरिकलाई खोप
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ । देउवा प्रधानमन्त्री भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य…
