विशेष Archives | Page 126 of 241 | नेपालमाला

 

देउवाले आज प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई…

विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको घोषणा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको…

देउवाको नेतृत्वमा सरकार बनाउन गठबन्धनको सक्रियता

काठमाडौं : विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ । कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५…

संसद बैठक सभामुखले नै बोलाउन सक्छन् : सर्वोच्च

काठमाडौं : सर्वोच्च अदालतले प्रक्रियागत रुपमा प्रतिनिधिसभाको बैठक नबोलाइएमा सभामुखले नै बैठक बोलाउन सक्ने फैसला गरेको छ । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । तर यो प्रक्रिया अनुसार यदि बैठक नबोलाइएमा सभामुखले नै बैठक बोलाउन सक्ने…

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो। प्रतिनिधिसभाका  १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्‍त्री नियुक्तिका लागि…

अमेरिकाले दिएको १५ लाख कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं : अमेरिकाले उपलब्ध गराएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण…

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलास बस्दै, आजै फैसला आउन सक्ने

काठमाडौं : संसद विघटन मुद्दाको सुनुवाइ गर्दै आएको संवैधानिक इजलास आज बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा पक्ष विपक्षको बहस, एमिकस क्युरीको राय लगायतका प्रक्रिया यही असार २१ गते सकिएको थियो । सर्वोच्च अदालत स्रोतले सुनुवाइको सबै…

युरोकप फुटबल : पेनाल्टीमा चम्किएको इटालीको भाग्य

लन्डन : इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले १६औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यससँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । लन्डनको…

एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

काठमाडौं : सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने नेताहरुले बताएका छन् । दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा…

आइतबार १८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैन : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए । ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन ।…

ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन

रियो दी जेनेरियो : अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एञ्जल डी मारियाले निर्णायक गोल गरेका थिए…

भारतको केरला राज्यमा फैलिएको जिका भाइरस के हो ?

काठमाडौं : भारतको केरला राज्यमा जीका भाइरसका १४ संक्रमित फेला परेसँगै त्यहाँको सरकारले सतर्कता बढाएको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जर्जले तिरुअनन्तपुरम जिल्लामा जिका भाइरसका संक्रमित फेला परेको पुष्टि गरेकी हुन् । विनाले भनेकी छिन्, ‘राज्यको सबै स्वास्थ्य निकायलाई सतर्क…

पछिल्लो २४ घण्टामा २१ सय ६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २१ सय ६९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ जनाको परीक्षण २१ सय बढीमा संक्रमण पुष्टि भएको हो। ६ हजार ५३० पीसीआर गर्दा १३ सय ५३ र ३८ सय ८७…

बाढी आएको २६ दिनपछि प्रधानमन्त्री सिन्धुपाल्चोकको निरीक्षणमा जाने !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जान लागेका हुन् । बाढी आएको २६ दिनपछि उनी प्रभावित क्षेत्रमा जान लागेका हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको…

एमाले एकतामा सहमति जुटेको कार्यदल सदस्यको दाबी : भाषिक पमिार्जनका लागि भोलि बैठक

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) एकता कार्यदल सदस्यले पार्टी एकताको लागि सहमति भएको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सात घण्टासम्म बसेको संयुक्त कार्यदल बैठकले सहमति गरेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए। ज्ञवालीले पार्टी एकताका लागि सहमति भएको र केही…

२२ सय ३९ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाडौं : ११ हजार ३१३ नमूना परीक्षणमा २२ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ६६ सय ५७ नमूनाको पीसीआर र ४६ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट १४ सय ३९…