काठमाडौं : पछिल्लो २४ घण्टामा २१ सय ६९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ जनाको परीक्षण २१ सय बढीमा संक्रमण पुष्टि भएको हो।
६ हजार ५३० पीसीआर गर्दा १३ सय ५३ र ३८ सय ८७ को एन्टिजेन परीक्षण ८१६ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ।
त्यसैगरी २४ घण्टामा १४ सय ३२ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ।
सँगै २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ।

नेपालमाला
