काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी)…
पार्टीको निर्णय सच्याउनुपर्छ : पौडेल
भरतपुर : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले…
दलगत कचिङ्गल : ‘संसद् बन्धक’
काठमाडौ : प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रुपमा विश्लेषण हुन थालेको छ । नेकपाकै कारण सभामुख छनोट प्रक्रिया लम्बिँदा त्यस पार्टीमा अझै निर्णय पद्धति र…
राष्ट्रियसभा निर्वाचन : उम्मेदवार मनोनयन दर्ता आइतबार
काठमाडौ : राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि भोलि २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका…
दुई दिनमै प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने
हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको कर्तव्य भएको बताउनुभएको छ । नेकपा प्रदेश ३ को संसदीयदलको आज भएको बैठकमा मुख्यमन्त्री पौडेलले नेकपा नेतृत्वले निक्कै नै सुझबुझका साथ गरेको निर्णयलाई…
४४औँ मेलमिलाप दिवस मनाउँदै
काठमाडौ : नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काँग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी,…
अब अर्को मधेश आन्दोलन : अध्यक्ष यादव
जलेश्वर : समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताउनुभएको छ । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन…
कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा
काठमाडौं : कांग्रेस केन्द्रीय समिति बैठकले आगामी महाधिवेशनको मिति टुंगो लगाएको छ। शुक्रबारको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको हो। त्यसैगरी केन्द्रीय कार्य समितिको म्याद ७७ फागुन १९ गतेसम्म थप गरेको छ।…
राप्रपालाई वैकल्पिक शक्ति बनाउँछौँ : थापा
काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराइने बताउनुभएको छ । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा आज आयोजित विस्तारित बैठकमा अध्यक्ष थापाले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र…
सडकमा जाने बाटो खुला भयो : डा भट्टराई
काठमाडौ : समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताउनुभएको छ । सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक…
समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौ : समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका दुई नेताले मन्त्रीबाट राजीनामा दिएको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । संविधान संशोधन गर्ने…
समाजवादीले सरकार छाड्यो
काठमाडौँ : दुई बुँदे सहमति तोडेको आरोप लगाउँदै समाजवादी पार्टी सरकारबाट अलग भएको छ । पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मव इस्तियाक राईले मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र…
नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा
दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत…
हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न माग
काठमाडौ : नेपाली काँग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा चीन सरकारसँग आवश्यक प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी नेपालीलाई हङकङमा भिसा व्यवस्था नभएकाले…
राष्ट्रियसभा निर्वाचनमा भाग लिन ११ दलको निवेदन
काठमाडौ : राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि ११ रानीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय…
नेकपा बैठक : अध्यक्षको प्रतिवेदन आइतबार पारित हुने
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ । छ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन…
महरा फेरि खोरमै
काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले दिएको आदेश उच्च अदालत पाटनले सदर गरिदिएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यवहार गरेको आरोपमा महरालाई जिल्ला अदालतले थुनछेकका लागि थुनामा राख्ने आदेश दिएको थियो ।…
