काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले दिएको आदेश उच्च अदालत पाटनले सदर गरिदिएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यवहार गरेको आरोपमा महरालाई जिल्ला अदालतले थुनछेकका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेश उपर पुनरावेदन गएका महराको निवेदनमा सुनवाई गर्दै बिहीबार उच्च अदालतले थुनामा राख्ने आदेश सदर गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले अदालतको पहिलेको आदेशलाई नै सदर गरेपछि महरा फेरि खोरमै रहने भएका हुन् ।
अदालतले उपलब्ध प्रमाणका आधारमा महरालाई थुनामुक्त गर्न नमिल्ने पनि स्पष्ट पारेको छ । ‘प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियमबमोजिम लगातार कारबाही र सुनुवाइ गर्नुपर्ने प्रकृतिको भएको र पीडितको वकपत्रसमेत भइसकेको देखिँदा अन्य साक्षी बुझ्नेलगायत प्रमाण बुझ्ने कार्य सम्पन्न गरी मुलुकी कार्यविधि संहिता २०७४ को दफा १३१ बमोजिम एक महिनाभित्र प्रस्तुत मुद्दाको कारबाही र किनारा गर्नुहोला’ अदालतको फैसलामा भनिएको छ । महरालाई अहिले डिल्ली बजार कारागारमा राखिएको छ ।
Previous Article
एमसीसी संसद्बाट पास हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा
Next Article