काठमाडौ : नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काँग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय…
सभामुखको मुद्दा हेर्दाहेर्दै
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा भोलिका लागि सरेको छ। नेता सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइका लागि तोकिएको थियो। सोमबार भएको बहसमा निवेदक वरिष्ठ अधिवक्ता दिने त्रिपाठी,अधिवक्ता सुनिल कुमार पोखरेल र…
सभामुखले कार्यभार सम्हाले
काठमाडौं : प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन्। सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख सापकोटाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणसँगै सभामुख सापकोटाले प्राथमिकताका आधारमा काम अघि…
सभामुख नियुक्तको विरोध गर्ने मानवअधिकारकर्मी पक्राउ
काठमाडौ : प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा…
सभामुखमा सापकोटा
काठमाडौ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद…
नेपालको पूर्वाधार विकासमा मात्र एमसीसी सम्झौता : थापा
हेटौँडा : राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताउनुभएको छ । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “त्यो…
राजधानी हेटौँडा तोकिनु खुशीको कुरा : मुख्यमन्त्री
हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशले स्थायी राजधानी र नामकरण ढिलो भए पनि प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । प्रदेश राजधानी र नामकरणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री पौडेलले सिङ्गो नेकपा तथा प्रदेशका…
निर्वाचन आचारसंहिता लागू
काठमाडौ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको…
प्रतिनिभिसभा बैठक स्थगन : सरकार गैरजिम्मेवार
काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएकामा असहमति प्रकट गरेको छ । काँग्रेसले यस विषयलाई सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसद्प्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको आरोप लगाएको छ । काँग्रेसले आज…
म राजीनामा दिन्न् : तुम्बाहाङफे
काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङफेले पार्टी निर्णय आफूलाई थाहा नभएको बताएकी छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए लगत्तै उपसभामुख तुम्बाहाङफेले निर्णयबारे आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी हुन्। पार्टी सचिवालय बैठकले राजीनामा…
उपसभामुखलाई राजीनामा दिन निर्देशन
काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि…
पाम आयल निर्यातका लागि पहल थाल्न काँग्रेसको आग्रह
काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले…
दुई दिनपछि स्थायी राजधानी: मुख्यमन्त्री पौडेल
हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताउनुभयो । मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको…
फागुन १४ मा स्ववियु निर्वाचन
काठमाडौ : त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी…
सत्य निरुपण आयोगमा भागबण्डा
काठमाडौ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको छ । मन्त्रिपरिषद्को यही पुस २१ को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका…
काँग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै
काठमाडौ : नेपाली कांँग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत धु्रवीकरण पनि बढ्दै गएको छ । पार्टीमा मुख्यगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सतहमै देखि नै गरी आफ्ना गतिविधि गर्न थालेका छन् । यसैको पछिल्लो…
राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार
काठमाडौ : राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले…
