काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय गरेको छ। पार्टीसभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरेको हो। विश्वासको मत लिने ओलीको…
आइसीयू र भेन्टिलेटर तत्काल व्यवस्था गर्न देउवाको अपिल
काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण व्यापक बढेको भन्दै आईसीयू र भेन्टिलेटरको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। शुक्रबार निजी निवास बूढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारसँग यस्तो आग्रह गरेका हुन्। संक्रमण व्यापक भएको अवस्थामा आईसीयू र भेन्टिलेटर…
कांग्रेसको साढे सात लाख क्रियाशील सदस्य
काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण…
माधव नेपालसहित २७ सांसदलाई कारबाही गर्ने जिम्मेवारीसहित नयाँ स्थायी समिति गठन
काठमाडौं : नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई के कस्तो कारवाही गर्ने भन्नेबारेमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय…
लुम्बिनीमा मन्त्री बनेका जसपा नेतालाई राजीनामा दिन अल्टिमेटम
काठमाडौं : जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे,…
संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता देखायो : प्रकाशमान सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् ।नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे ।…
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं : सोमबारका लागि बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। । पछिल्लो राजनीति अवस्थाबारे अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ। अब…
कांग्रेस केन्द्रीय समिति बैठक सोमबार
काठमाडौँ : नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आज बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा…
कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिएका छन्।…
चार सांसदलाई माओवादी केन्द्रको कारवाही
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय…
एमाले नेपाल समूहको दुई महिने कार्यक्रम सार्वजनिक
काठमाडौँ: माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समूहले पार्टी पुनर्गठनको दुई महिने कार्यक्रम घोषणा गरेको छ । काठमाडौँमा शनिबार बसेको नेपाल पक्षधर स्थायी कमिटी बैठकले ‘एमालेको एकता जोगाऔँ कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ नारासहित कार्यक्रम सार्वजनिक गरेको छ । नेता योगेश भट्टराईले…
सरकारको नेतृत्वका लागि अग्रसरता लिने कांग्रेस शीर्ष नेताको सहमति
काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टी नेतृत्वमा नयाँ सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको छ। शुक्रबार दिउँसोका लागि बोलाइएको केन्द्रीय समिटी बैठकअघि भएको शीर्ष नेताको छलफललले सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको हो। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ…
निर्णय फिर्ता लिन नेपाल समूहको माग, कुनै निर्णय फिर्ता हुँदैन : ओली
काठमाडौं : नेकपा (एमाले) संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र भएका निर्णय फिर्ता लिन माग गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भने यसअघिका बैठकले गरेका कुनै पनि निर्णय फिर्ता लिन नसकिने जवाफ…
केपी ओलीलाई माधव नेपालका प्रश्नैप्रश्न : यस्तो छ १३ बुँदे पत्र (पूर्णपाठ)
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई १३ बुँदे स्पष्टीकरण पठाएका छन् । पार्टी हित विपरित काम गरेको भन्दै अध्यक्ष ओलीले चैत ७ गते वरिष्ठ नेता नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । नेता…
एमाले फुटाउने केपी ओली हुन् : माधव नेपाल
काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अध्यक्ष केपी ओलीले फुटाएको आरोप लगाएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन्। अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणबा नतर्सिएको भन्दै…
कांग्रेस पदाधिकारीको बैठक बस्दै
काठमाडौं : कांग्रेस पदाधिकारीको बैठक सोमबार बस्दैछ। पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापतिको निर्देशनअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने तय…
समानुपातिक सांसद हटाउन सक्ने अधिकार ओलीलाई
काठमाडौं : नेकपा (एमाले)ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो। बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको…
