राजनीति Archives | Page 30 of 43 | नेपालमाला

 

अदालतमा बुझाएको हस्ताक्षर कुनै हालतमा फिर्ता हुँदैन : विपक्षी दल

काठमाडौं : नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ। पाँच बजेपछि सुरु भएको बैठकमा ‘प्रधानमन्‍त्री केपी ओलीले अदालतलाई समेत प्रभावित गर्ने प्रयास गरिरहेको’ विश्लेषण गर्दै विपक्षी…

काम चलाउ प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : संवैधानिक र लोकतान्त्रिक मान्यताको उपहास

काठमाडौं : कामचलाउन प्रधानमन्त्री केपी ओलीले व्यापक रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरेकोप्रति विपक्षी दलले आपत्ति जनाएका छन् । शनिबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै विपक्षी पाँच दलले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन…

एमालेका तीन मन्त्रीको मन्त्रालय खोसियो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम,…

माधव नेपाल समूहमा पनि दुई धार

काठमाडौं : एमालेको माधवकुमार नेपाल पक्षमा दुई धार देखिएको छ । दोस्रो तहका नेता एमालेमै बसेर अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छन् । पुराना तथा तेस्रो, चौथो पुस्ताका नेता समूह छुटै पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश…

पौडेल समूहको निष्कर्ष : १४औं महाधिवेशन सम्भव छैन !

काठमाडौं : नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले विवादित क्रियाशील सदस्यतालाई थाती राखेर भएपनि १४ औं महाधिवेशन गर्नुपर्ने बताएको छ । साथै कतिपय जिल्लामा देखिएको विवाद समाधानको प्रयासबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेको छ…

महन्थ ठाकुरसहित चार नेता जसपाबाट निस्कासित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट…

जसपाको ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुनेबारे विषयमा टुंगो लागेको जसपा ठाकुर पक्षले बताएको छ। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल…

कांग्रेसका थप क्रियाशील सदस्यताको विवरण सार्वजनिक

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’…

कांग्रेसले सबै विकल्पमा छलफल गर्ने

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ । र, सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार…

ओली र माधव नेपालबीचको वार्ता सकारात्मक : नेपाल पक्षको राजीनामा टर्‍यो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा …

ओलीले चारैजना नेतालाई पठाए निलम्बन फुकुवा गरिएको पत्र

काठमाडौं : नेकपा एमालेले चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाएका छन् । बिहीबार…

बहुमतको सरकार गठनको अन्तिम दिन आज : माधव नेपाल पक्ष निर्णायक

काठमाडौं : दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा)…

गण्डकीमा कृष्णचन्द्र नेपालीको दाबी

पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता…

प्रधानमन्‍त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद्‍को ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। सांसद डिला संग्रौलाका अनुसार आफ्नै नेतृत्वमा सरकार गठनका…

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो  २ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा…

राष्ट्रियसभा उपनिर्वाचन : तीन उम्मेदवारमा कसको छ पल्ला भारी ?

काठमाडौं : बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रबार मनोनयनपत्र दर्ता गराएका हुन्। तीन उम्मेदवारमध्ये गृहमन्त्री थापा र देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने…

अध्यादेशबाट देश चलाउने सरकारको कार्यशैली आपत्तिजनक : कांग्रेस

काठमाडौं : संसद्‍लाई छलेर राष्ट्रपतिबाट अध्यादेश जारी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकसाथ सात वाटा अध्यादेश जारी भएकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका हुन्। उनले संसद्‍ छलेर अध्यादेशमार्फत् शासन चलाउने सरकारको…