काठमाडौं : १४ औं महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेस नेताहरु नेतृत्व लागि आआफ्नै तयारी र रणनीतिमा सक्रिय भएका छन्। सभाापतिका लागि आकांक्षी देखिएका दोस्रो पुस्ताका नेताहरूबीचको अलगअलग जमघट तीव्र भएको छ। खासगरी दोस्रो पुस्ताका तीन नेताहरू कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री…
चाक्सीबारीमा तीन कांग्रेस नेताको ‘लञ्च मिटिङ’ : नेतृत्व चयनका विषयमा छलफल हुने
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको चाक्सीबारी स्रोतले जानकारी दियो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय…
कांग्रेस महाधिवेशन : रामचन्द्र फकाउँदै शेखर
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले…
मलाई बौलाह कुकुरले टोकेको छ र, कोही नपाएर माधवलाई अफर गर्न ? : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई आफुले प्रधानमन्त्रीका लागि अफर नगरेको स्पष्ट गरेका छन्। मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो कुनै अफर नगरेको खुलासा गरेका हुन्। प्रधानमन्त्री ओलीको भनाइ छ, ‘मलाई बौला…
क्रियाशील सदस्यता विवाद टुंग्याउन छानविन समितिले माग्यो नेतृत्वको सहयोग
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन नेतृत्वलाई आग्रह गरेको छ । २० असारभित्र क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा रहेको समितिले सदस्यता छानबिनबारे मापदण्ड निर्धारणमा सहयोग गर्न पार्टी पदाधिकारीलाई आग्रह गरेको हो ।…
प्रधानमन्त्रीको अफर आइसक्यो, विपक्षी गठबन्धन छोड्दिन : माधव नेपाल
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन्। शनिबार नयाँबानेश्वरस्थित संसद् भवनमा राजनीतिक बिट हेर्ने पत्रकारसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका हुन्। नेता नेपालले त्यो अफर आए पनि आफू प्रधानमन्त्री केपी ओलीसँग…
कांग्रेसले देउवाको विकल्प खोज्न लागेकै हो ? विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’को औचित्य के ?
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेसँगै दोस्रो तहका नेताले सक्रियता बढाएका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठस्थित आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर छलफल गरेसँगै सभापतिका आकाक्षीमा रहेका नेताहरु…
फेरि सभापतिमा लड्छु : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । देउवाले शनिबार बिहान प्रदेश…
महाधिवेशन कुनै पनि हालतमा सर्दैन : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनका बारेमा शंका नगर्न आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशन तोकिएकै समयमा हुने दावी गरे । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय…
जनतालाई घरमा थुनेर सत्ता जोगाउने खेलमा सरकार : कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले कोरोना रोकथामका लागि ठोस् पहल गर्नुको सट्टा नागरिकलाई घरघरमा थुनेर सत्ता जोगाउने खेलमा लागेको आरोप लगाएको छ। बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै कांग्रेसका नेताहरूले यस्तो आरोप लगाएका हुन्। लकडाउनलाई नै सरकारले सत्ता…
प्रतिनिधिसमा विघटन मुद्दा : प्रधानमन्त्रीको १८ बुँदे लिखित जवाफ
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च अदालतको आदेशअनुरुप विघटन गरेको जिकिर गरिएको छ । “संविधानअनुरुप प्रधानमन्त्री नियुक्त हुन नसकेपछि…
आफू सुरक्षित भइ उद्वार र राहतमा जुटौं : बस्नेत
काठमाडौं : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्वार र राहतमा खटिन तरुण दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केही…
निर्वाचन आयोगको भूमिकाप्रति उपेन्द्र यादवको आपत्ति
काठमाडौं : निर्वाचन आयोगको भूमिकाप्रति जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै यादवले पार्टी आधिकारिकता विवादमा आयोगले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्। पार्टी कार्यकारिणी समितिको बहुमत निर्णयसहित आयोगमा पेश भएको दल दर्ता अध्यावधि…
सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज
काठमाडौं : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चाको निर्णयलाई सदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गर्दै राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा…
कांग्रेस महाधिवेशन भदौ १६ बाट
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर…
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी
पोखरा : गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ गएका हुन्। पोखरेलले जनमार्चाका २,…
भदौमा १४औं महाधिवेशन भएरै छाड्छ : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौ महिनामा पार्टी महाधिवेशन हुने बताएका छन् । बुधबार प्रेस वक्तव्य सार्वजनिक गर्दै सभापति देउवाले भदौमा महाधिवेशन हुने कुरामा आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । महामारीकै बीचमा पार्टी महाधिवेशन भदौमा हुने उनको…
