काठमाडौं : सोमबारका लागि बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। । पछिल्लो राजनीति अवस्थाबारे अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ। अब अर्को बैठक मंगलबार १ बजे बस्नेछ।
माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने नेताहरुले बताएका थिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पहिल्यकै अवस्थामा फर्कीइदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई अलग दल भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन्।
तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिन सकेको छैन ।

नेपालमाला
