ताप्लेजुङ : नेपाली कांग्रेस ताप्लेजुङले ज्येष्ठ राजनीनिज्ञसभा गठन गरेको छ। कांग्रेसको नियमावली, ७६ दफा ५० अनुसार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू सम्मिलित सभा गठन गरिएको जिल्ला सभापति गजेन्द्र तुम्याहाङले जानकारी दिए।
अग्रजहरूको सम्मान र उचित सल्लाह, सुझाव र मार्गदर्शनको अपेक्षासहित भदौ ७ गते बसेको बैठकले उक्त निर्णय गरिएको हो। जिल्ला सभापति नै सभापति हुने सभामा ८३ जना सदस्य छन्।
कांग्रेसमा लामो समयसम्म योगदान गरी हाल कुनै पनि जिम्मेवारीमा नरहेका अग्रज सम्मिलित सभाको मार्ग दर्शनले पार्टीको शीर अझ उँचो बनाउने सभापति तुम्याहाङको भनाइ छ।