काठमाडौं : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुनसक्ने जनाएको छ । मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले…
रामले बाण हानेर तयार पारेको कुण्ड जीर्ण
पाल्पा : त्रेतायुगमा भगवान रामले वनवास जाने क्रममा रामपुर क्षेत्रको भ्रमण गरेको वेला सिता रजस्वला भएकोले स्नानका लागी बाण हानेर तयार पारेको कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै ।
कूटनीतिक पहलबाट सीमा विवाद सामाधान : प्रवक्ता शर्मा
लमही : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ । दाङमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्शा सार्वजनिक गरेकाले यसलाई…
उपनिर्वाचनमा खटिनेका लागि बीमा
काठमाडौ : प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं…
युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर
डोटी : नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् । दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु…
मोटरसाइकल व्यवस्थापन गर्नै कठिन
बनेपा : जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जाँच गर्दा नवीकरण फेल भएका, वेवारिसे अवस्थामा फेला परेको र सवारी…
ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज
काठमाडौ : के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ? त्यसका बारेमा अब नेपाल आयल निगमलाई जानकारी गराउनुहोस्, निगमले डिपो र कम्पनी दुवैलाई कानूनी…
भूकम्पले भत्किएका ६२ प्रतिशत घर पुनःनिर्माण
काठमाडौ : भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको बैठकमा प्राधिकरणले चार लाख ७९ हजार ५४५ घर निर्माण सम्पन्न भएको जानकारी…
समाधान भएन जडीबुटी जामको समस्या
– सञ्चिता घिमिरे अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला ? सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको…
आजदेखि सीमा नाका बन्द
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा…
निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न माग
काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काङ्ग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले मङ्सिर १४ गते…
पर्यटकको पखाईमा चराङ गुफा
ठिनी : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो । संरक्षण, प्रचारप्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा…
मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
पुनरगठित मन्त्रिमण्डलमा नियुक्त गरिएका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई आज मध्यान्ह पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित…
ओली पाँच वर्षै प्रधानमन्त्री
काठमाडौं : सत्तारूढ नेकपाले ‘शक्ति संघर्ष’ मा रहेका पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य विभाजन टुंगो लगाएको छ। नेकपा सचिवालयले बुधबार पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र सरकार सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष…
मन्त्रीहरुको सपथ बिहीबार
काठमाडौं : नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइने भएको छ। बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३…
सुन्तला किसानलाई बजारको चिन्ता
डोटी : जिल्लाका ग्रामीण क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार पाउनेमा चिन्तित बनेका छन् । “वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर…
बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
बाँके : बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव…
