समाचार Archives | Page 116 of 122 | नेपालमाला

 

नेपाल पृथ्वीको स्वर्गजस्तो  : प्रसिद्ध जापानी आरोही हिरोताका

काठमाडौं : “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन् । उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई…

पूर्व सभासद् ढुङ्गेलको निधन   

भक्तपुर : नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ । मस्तिष्कघात भएपछि गत आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचारत उहाँको आज दिउँसो ३ः१५ बजे निधन…

सांसद हिउँमा रमाउँदै (फोटो फिचर)

मुस्ताङ : दाङका प्रतिनिधि सभा सांसद शान्ता चौधरी हिमाली जिल्ला मुस्ताङ्गको हिउँमा रमाउँदै ।

पोर्चुगलमा तीन नेपालीले ज्यान गुमाए   

लिस्बन : पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए ।…

निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गर्न माग  

काठमाडौ : वार्षिक ७० लाख पर्यटक ओहोरदोहोर गर्ने गरिएकोे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र भार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तरराष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरोकारवालाले माग गरेका छन् । उहाँहरुले उक्त विमानस्थल सम्पन्न हुनसके…

 बस दुर्घटनामा १२ जनाको मृत्यु, १८ घाइते   

चौतारा :  सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर…

पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपात  

काठमाडौ : पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशैभर वर्षा भएको छ । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै धनगढीमा ६४, नेपालगञ्जमा ५५,…

नयाँ नक्सा जारी गर्न निर्देशन   

काठमाडौ : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको…

कुमारीलाई मासिक रु १५ हजार भत्ता

काठमाडौ : काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न…

एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार   

काठमाडौ : सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्जन ऐन तथा नियमलाई नयाँ ऐनमा व्यवस्थित गर्न गर्न लागेको…

कालिञ्चोकमा हिउँ खेल्न जाने कि !   

चरिकोट :  दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । आज बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ । हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन्…

नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने   

भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो…

लोप हुँदै योमरी माग्ने मल्लकालीन प्रचलन

– सविना केसी   तिहारमा देउसी÷भैलो खेले झँै गरी टोलटोलमा गएर योमरी माग्ने मल्लकालीन प्रचलन अहिले नेवार समुदायमा लोप हुने अवस्थामा पुगेको छ । योमरी पून्हीका दिन आज टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, पैसालगायत माग्ने…

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै   

काठमाडौ :  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७…

देशभर एक्कासी चिसो बढ्यो

काठमाडौं : नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा बिहीबार भारी हिमपात हुने सम्भावना रहेको छ। बुधबार साँझ नेपालको पश्चिमी भूभागबाट निम्न चापिय प्रणालीको प्रवेश गरेसँगै मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार…

 न्यातापोलको जीर्णोद्धार शुरु   

भक्तपुर : विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ । भूकम्पले क्षति पु¥याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति…

    हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित   

सिमकोट : दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै…