अन्तर्राष्ट्रिय Archives | Page 10 of 36 | नेपालमाला

 

आफैसँग विवाह आफैसँग तलाक

रियो दी जेनेरियो : ब्राजिलकी एक मोडलले कोही पनि पुरुष मन नपरेको भन्दै आफैसँग विवाह गरेकी थिइन् । अहिले भने आफैसँग पारपाचुके गरेकी छन् । गत सेप्टेम्बरमा ३३ वर्षीया मोडल क्रिस गलेराले आफैसँग विवाह गरेकी थिइन् । तर, अहिले भने…

अस्ट्रियामा फेरि लकडाउन : अनिवार्य खोप नीति लागु

लन्डन : अष्ट्रियाले कोरोना भाइरसका संक्रमित तीव्र रुपमा बढ्न थालेपछि लकडाउन गर्ने घोषणा गरेको छ । अष्ट्रिया सरकारले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अष्ट्रियाले केही दिनअघि खोप नलगाएका मानिसलाई मात्रै लक्षित गरी कडाइ गर्ने बताएको…

पुटिनले साइबेरियामा माछा मारेर पूरा गरे सेल्फ आइसोलेसन

मस्को : रुसका राष्ट्रपति भलाद्मीर पुटिन यसअघि कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि सेल्फ–आइसोलेसनमा बसिरहेका थिए । आफ्नो त्यो खालि समय उनले साइबेरियामा हाइकिङ गरेर अनि माछा मारेर बिताएको रुसी प्रशासन क्रेम्लिनले जनाएको छ । यसकै कारण उनले ताजकिस्तानको भ्रमण पनि रद्द…

२४ करोड डोज कोरोना खोप खेर जान लागेकै हो ?

लन्डन : अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका नेताहरुसँग आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन आग्रह गरेका छन् । यद्यपि शोधकर्ताहरुले भने अझै पनि धनी मुलुकले ठूलो मात्रामा कोरोना खोप थुपारिरहेको र यी खोपको…

अमेरिकाले पूर्ण मात्रा खोप लगाएका यात्रुलाई प्रवेश खुला गर्ने

लन्डन : अमेरिकाले कोरोना भाइरस यात्रा प्रतिबन्धलाई खुकुलो पार्दै यूके, युरोपियन युनियन र अन्य राष्ट्रका यात्रुलाई अमेरिका प्रवेश पुनः खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई आउँदो नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न अनुमति दिइनेछ । अमेरिकाले गत…

चीनमा धेरै पुरुषले पाएनन् बिहे गर्ने केटी : बहुपति प्रथा अपनाउन सुझाव

बेइजिङ : हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ । एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने…

अरु देशलाई प्राथमिकता दिन उत्तर कोरियाद्वारा ३० लाख डोज खोप अस्वीकार

प्योङयाङ : कोरोना भाइरसबाट बढी प्रभावित अन्य मुलुकलाई खोपको आवश्यकता धेरै भएको भन्दै उत्तर कोरियाले ३० लाख डोज खोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्र संघको ‘कोभ्याक्स’ खोप वितरण कार्यक्रम अन्र्तगत युनिसेफले त्यहाँ खोपको सिपिङ गराएको थियो । तर, उत्तर…

उत्तर कोरियामा भोकमरी : अपहरण र चोरीको बिगबिगी

प्योङयाङ : भोकमरीको चपेटामा परेको उत्तर कोरियामा बालबालिका अपहरण गरी ठूलो मात्रामा फिरौती रकम लिने गरेका विवरण सार्वजनिक भएका छन् । जीविकोपार्जनका लागि गरिबले धनीका सन्तान अपहरण गरेर फिरौती लिने गरेका हुन् । पछिल्लो एक सातामा मात्र चार जना बच्चा…

शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

 टोकियो : जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझामबिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ  । माकोले आफ्नो कलेज…

अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ, सुरक्षित रहनू : अमेरिका

काठमाडौं : अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले…

हामीविरुद्ध लडेका सबैलाई माफी दियौं, महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं : तालिबान प्रवक्ता

काठमाडौं : अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका…

अस्तव्यस्त काबुल विमानस्थल : विमानमै झुण्डिन्छन् मानिस

काठमाडौं : आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा…

हैटीमा भूकम्प : मृत्यु हुनेको संख्या ३०४ पुग्यो

काठमाडौं : हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ३०४ पुगेको छ । दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु भएको भूकम्पमा परी अहिलेसम्म एक हजार ८०० भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । घाइते हुनेहरुको संख्या बढ्न सक्ने बताइएको…

पानीबाट सुन !

काठमाडौं : प्राचीन कालदेखि नै धातुहरु तथा रसायनहरुको मिश्रणबाट सुन बनाउने धेरै प्रयासहरु भएका छन् । विभिन्न अन्य धातुबाट सुन बनाउने यस्तो विधिलाई अल्केमी अर्थात् रस विधा भनिन्छ । वैज्ञानिकहरुले अन्ततः यो विधामा पहिलो सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुले…

कोरोना संक्रमण : चीनको वुहान सहरका पूरै जनसङ्ख्याको परीक्षण

वुहान : चिनियाँ सहर वुहानको आधिकारिक निकायले सहरभरका सम्पूर्ण नागरिकको  कोरोना परीक्षण गराउने भएका छन् । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको पत्ता लागेपछि यस्तो गर्न लागिएको हो । एक वर्षमा पहिलोपटक त्यहाँ स्थानीय रुपमा ७ नयाँ संक्रमित फेला परेका छन्…

कोरोना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त…

कोरोनाको तेस्रो लहर : भारतमा आउँदो १०० दिन जोखिमपूर्ण

नयाँ दिल्ली : भारत सरकारले कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउन सक्ने जनाएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान…